BizPati

  • Ad
  • आज : २०७५ आषाढ ९ गते
    Headlines :
    Ad

    ‘रुपकी रानी’ पट्टयाउन “गफ लायो सोल्टीले……

    संसार न्यूज संवाददाताजेठ १४, २०७५

    देबेन्द्र केसी, नयाँ दिल्ली
    ‘धन भएको मान्छे र रुप भएकी तरुनी’ देखे महादेवको पनि तेस्रो नेत्र खुल्छ भन्थे बुढापाकाले साँच्चै रैछ । बुढापाकाका अरु उखान बिर्षिएपनि यो टुक्का धमिलो याद थियो तर आज तेजस्वी भैदियो । ‘सान्तिपुरे ब्युटी’ नामले चर्चित गायिका सुसिला गौतमलाई पट्टयाउन चर्चित गायकले नै गफ लाएपछि माहोल एकाएक तात्न पुगेको छ । त्यसो त ‘सान्तिपुरे ब्युटी’लाई पट्टयाउने अनि झ्याँईकुटी झ्याँई पार्ने सपनाले कति राजकुमारहरु खरानी धसे होलान र गफैगफको सगरमाथा बनाए होलान तर युवाहरुको मुटुको धड्कन मानिने गाएक रामजी खाँणले नै सान्तिपुरे ब्यूटी लाई पट्याउन दह्रो गफ दिएको खुलासा भएको छ ।

    हो सहि यहि नै हो आज रिलिज भएको एल्वम ‘गफ लायो सोल्टी’ ले स्वर भर्दै गायक खाँणले गायिका सुसिला गौतम लाई गफै गफमा पट्टयाएका छन । मौसम हिमाली ले निर्देशन गरेको एल्वम लाई चर्चित क्यामेरामेन करन चैसिर ले खिचेका छन । गायिका गौतम कै शब्द रहेको ऐल्वम मा लय गायक खाँणको नै रहेको छ भने ऐरेन्ज कृष्ण बिक र सम्पादन नविन घर्तिमगरको रहेको छ । ‘माईतीको माया जस्तै आसा लाग्दो ऐल्वम ल्याएकी छु, माया गरिदिनु होला’ गायिका गौतम ले टेलिफोन बार्तामा भनिन । एकता फिलिम्स ले दृष्य निर्माण गरेको गितमा गायक र गायिका स्वयं को अभिनय रहेको छ ।

    फरक बिषय मा बनेको यो एल्वमले राम्रै ब्यापार गर्ने आसा निर्माण पक्षको छ । फेसबुक लाईभ मै आएर ऐल्वमको जानकारी दिदै गायिका गौतमले सबैको सहयोगको अपेक्षा गरेकी छिन । राम्रै सुरुवात गरेको यो ऐल्वमले दर्शक को कति मन जित्छ, त्यो भने हेर्न बाँकी नै छ ।

    २६३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad