BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ७ गते
    Headlines :

    रत्नपार्कबाट किसानको चेतावनी, बजेट नबढाए आन्दोलनमा उत्रने (तस्बिर सहित)

    संसार न्यूज संवाददाताजेठ १५, २०७५

    १५ जेठ, काठमाडौं । आइतबार सार्वजनिक हुने बजेटलाई केन्द्र बनाउदै कृषिमा बजेट वृद्धि गर्न सरोकारवालाहरुले माग गरेका छन् ।
    अष्ट ज अभियान नेपाल र पारा भेटरीनरी एण्ड लाइभस्टक एसोसियसनको संयुक्त आयोजनामा काठमाडौंमा सोमबार आयोजित ध्यानाकर्षण सभामा बोल्ने वक्ताहरुले कृषि बजेटको वृद्धि गर्नुपर्नेमा जोड दिदै बजेट वृद्धि नगरेमा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।


    कार्यक्रममा प्रमुख वक्ता अष्ट ज अभियानका अध्यक्ष लोककृष्ण भट्टराईले नेपालको समृद्धि भाषण र नाराबाट नहुने बताउदैं माटो, उत्पादन, आत्मनिर्भर र स्वाधीनताका लागि कृषिमा बजेट बृद्धि जरुरी रहेको बताएका थिए ।


    भट्टराईले जोड दिदै भने नेपालमा सबै पेशागत क्षेत्रबबाट आन्दोलन भएर धेरै माग पूरा भइसकेको स्थितिमा किसानलाई जिस्क्याउदा ठूलो सुनामी आउनेतर्फ सरकारको नेतृत्वकर्तालाई खबरदारी समेत गरेका थिए ।


    कार्यक्रमका अर्का वक्ता नेपाल पारा भेटरीनरी एसोसियसनका अध्यक्ष राम प्रसाद महताले किसानको हित नै राष्ट्रकाृ हित भएको सुझाव दिएका थिए ।

    त्यसैगरी कृषि उद्यमी संगम शेर्पाले किसानको हित नगर्ने सरकारले समृद्धि ल्याउने कुरामा शंका रहेको बताए भने महिला किसान अभियन्ता चन्द्रा केसी बास्तोलाले किसानलाई पीडा दिएर शाषक सुखले बस्न नसक्ने बताइन् ।


    अष्ट ज अभियान उपत्यका कृषक समुहका संयोजक कृष्णराम मगरातीले बजेटमा पुर्नविचार नगरे आन्दोलन नयाँरुपले अघि बढ्ने बताए भने प्राविधिक सीताराम ओलीले कृषिमा बजेट बढाउ भन्ने कविता बाचन गरेका थिए ।


    पानी आएको प्रतिकुलताका बाबजुद पनि किसानहरुको उल्लेख्य सहभागिता र ऐक्यबद्धतालाई धन्यवाद दिदैं अष्ट जका उपाध्यक्ष लोकराज भुसालले कार्यक्रम समापन गरेका थिए ।

     

     

    ८६० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad