BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ७ गते
    Headlines :

    नारी

    रामशरण न्यौपाने, भक्तपुर नेपालजेठ १५, २०७५

     

    नारी हौ प्रतिभा पवित्र जगकी हौ सृष्टि सिंहासिनी
    मायाकी पनि हौ अपार भल नै उत्कृष्ट मन्दाकिनी
    साराअङ्ग पवित्र तीर्थमय भै झल्किन्छ सौदामिनी
    आत्मामा हरिको बिराजितहुने हौ प्रीय अर्धाङ्गिनी॥१

    धाताहौ दितिसुन्दरी अदितिहौ त्रिलोकमाता तिमी
    प्राणीमा पनि प्राणवायु भरने हौ प्राणदाता तिमी
    सीताहौ सब लोकगाल पुछने सत्या र राधा तिमी
    दानी भैकन हर्दछ्यौ सकलको संपूर्ण बाधा तिमी॥२

    कौशल्या र यसोधरा गुणवती कुन्ती सुमार्गी तिमी
    हाँक्ने पूर्ण समाज नै सुपथमा मैत्री र गार्गी तिमी
    प्यारी हौ दमयन्ति हौ सुनयना रानी सुनन्दा तिमी
    उर्मिला अनि माण्डबी सुतकृति हौ मत्स्यगन्धातिमी॥३

    सन्ध्या दिप्तउषा निशा र रजनी गौरीशती नै तिमी
    भद्रा हौ र कलावती गुणवती मायावती नै तिमी
    गान्धारी पति भक्तिनी रणपरी हौ उत्तरा नै तिमी
    कौमारी र उमा रमा सुनयना दिव्याधरा नै तिमी॥४

    माया हौ सवरी र हौ अनुसुया हौ देवयानी तिमी
    सारामा धन धान्यलेभरीदिने लक्ष्मी भवानी तिमी
    साह्रै सुभ्रकलामयी सुह्रृदयी सौन्दर्य खानी तिमी
    कौशल्या र यसोधरा गुणवती दानीहिमानी तिमी॥५

    विद्या ज्ञान कला विशिष्टरूपकी सौन्दर्यशालीतिमी
    गायत्री र सरस्वती भगवती दुर्गा र काली तिमी
    राख्छ्यो रे समभाव स्नेहसबमा सारानियाली तिमी
    साह्रै कष्ट हुँदा डटेर लडने हौ खड्गवाली तिमी॥६

    अम्बा हौ जगदम्बिका सुललिता हेमा सुवर्णातिमी
    गौरी हौ अनि विश्वपालक सदा हौ अन्नपूर्णातिमी
    गर्छौ पोषण साधु सन्त जनको छौ दुष्ट(संहारिणी
    मायाले तपले र योगवलले सारा धरा(धारिणी॥७

    कौमारी मनकामना र मनसा हौ उग्रतारा तिमी
    हौ पासाङ हिमालका शिखरकी हौ रत्नधारा तिमी
    साबित्री र सुलोचना सुनयना हौ कष्टहारा तिमी
    गंगाहौ जमुना समस्त नदका हौ मूलसारा तिमी॥८

    शोभा हौ गुण ज्ञानकी सुरमणी मन्नोदरी हौ तिमी
    चामुण्डा बलशालिनी बल दिने हौ सुन्दरी हौ तिमी
    नन्दीनी शशि नर्मदा हरिकला हौ द्रौपदी नै तिमी
    इन्द्राणी र अरुन्धती अरुणिमा रुद्रावती हौ तिमी॥९

    तारा हौ रणचण्डिका तर कतै हौ स्नेह धारी तिमी
    रम्भा हौ अनि उर्वशी प्रणयकी कन्याकुमारी तिमी
    नारी नै गुण शक्ति रूप रसकी खानी भकारीतिमी
    साराको घरथाम्न पूर्णरुपमा हुन्छ्यौतयारी तिमी॥१०

     

    इति

    छन्दः छन्दस्शार्दूलविक्रीडित

     

    २९३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad