BizPati

  • Ad
  • आज : २०७५ आषाढ ९ गते
    Headlines :
    Ad

    अमेरिकी सडकमा गाडी चलाउदा यि कुरामा ध्यान दिनुहोस्

    सानुवावु सिलवाल, अमेरिकाजेठ १६, २०७५

    अमेरिकी सडकमा तपाइ गाडी चलाउदै हुनुहुन्छ, भबितब्य अर्थात कथमकदाचित तपाइको कारण वा अर्को ड्राइभरका कारण गाडी दुर्घटना परियो भने यस्तो अबस्थामा के गर्ने ? कसो गर्ने ? के के गर्नु आबश्यक हुन्छ ? के गर्दा कानुनी हिसाबले तपाइ समस्या पर्नु हुन्न ? भन्ने बारेमा केही कुरा राख्दैछु ।
    यसका बारेमा केहि टिप्सहरु सहित तपाइहरु जो नयाँ हुनुहुन्छ वा गाडी चलाउने र ड्राइभर लाइसेन्स लिने र गाडि किन्ने सुरमा हुनुहुन्छ या गाडी चलाएको धेरै समय भएको छैन भने तपाइहरुलाइ सहयोगि वा जानकारि मुलुक होस भन्ने हेतुले यो लेख लेखिएको हो ।

    आफू गाडी चलाउन सिपालु छु अर्थात आफू गाडी चलाउदा हरदम सजक छु भन्ने हुदैन अर्कैका कारण वा अर्को ड्राइभरको गल्तिका कारण सडक वा गाडी दुर्घटना हुने गर्दछ । एउटा सानो गल्तिका कार गाडी बर्बाद मात्रै होइन ज्यानै जान सक्ने वा अङ्गभङ्ग भै जीवन बर्बाद हुन सक्दछ ।

    अब के गर्ने त ? यदि गाडी दुर्घटना भै हाले, तत्काल आफ्नो ज्यानको कण्डिसन हेर्नुहोला । चोटपटक, लागेको छ, अङ्गभङ्ग भएको छ वा आफूसङ्गै गाडीमा रहेका सदस्यहरुको शारिरिक अबस्थामा झट्ट आखा र नजर लगाउनुहोस् । गाडी सडकको माझमा वा सडकको कुनै साइडमा पुगेको अबस्था छ भने गाडी मुभ नगर्नुहोस् त्यसपछि अर्को ड्राइभर र उसको वा उनको शरिर, ज्यानमा नजर लगानुहोस्, त्यसपछि दुर्घटनाको अबस्था हेरि दुबै ड्राइभरको सरसल्लाहमा ९११ मा प्रहरीलाई कल गर्नुहोला र फोनमै तत्काल गाडी र ज्यानहरुको अबस्था र स्थानको प्रहरीलाई जानकारी दिएपछि प्रहरीले नै अबस्था हेरि एम्बुलेन्स, दमकल सहित आफै दूर्घटना स्थलमा तुरुन्त आइपुग्नेछ ।

    पहिले ज्यानको सुरक्षा फ्रस्ट एड त्यसपछि गाडी र दुर्घटनाको अबस्था, कारण र गलत गर्ने ड्राइभरको बयान र उस्तै परे साक्षी सहित दूर्घटनास्थलमा रिपोर्ट बनाउने, दुबै ड्राइभरका बिमा कम्पनीको नाम, गाडीको ट्याग पत्र र प्रमाण र दुबै ड्राइभरको ड्राइभर लाइसेन्स र बयान शुरु हुनेछ घटनास्थलमै प्रहरी रिपोर्ट बनाउनु पुर्ब त्यसका लागि कहिल्लै पनि ड्राइभर लाइसेन्स, ट्याग अफिसको ट्याग कागज गाडीको साथमा सधै राखिराख्नु होला । गाडीको कर, गाडिको बार्षिक नियमित इनपेक्सन र गाडी मालिकको प्रमाण स्वरुपको गाडीको ट्याग अफिसको ट्याग पत्र साथमा राख्न नभुल्नु होला । गाडी दुर्घटना हुदा बोलाएको प्रहरी नआउदा सम्म गाडीको फ्ल्यास लाइट बालिरहनु होला र यदि गाडीको फ्ल्यास लाइटले काम गरेन भने गाडि दाया साइडमा सेतो रुमाल वा कुनै देख्न सकिने सकेत सहित आफू सुरक्षित साइडमा बसिरहनु होला जहा कि अर्को हुइकिरहेको गाडीलाइ सांकेतिक मिलोस् र अर्को दुर्घटना ननिम्तियोस् ।

    यदि गाडी दुर्घटना भएको ठाउँमा प्रहरी आउन सकेन र उपलब्ध नभए दुइ ड्राइभरको अन्डरस्ट्यान्डिङ्गमा आ–आफ्ना बिमा कम्पनीका नाम, ठेगाना, सम्पर्क नम्बर टिप्ने काम गर्नु होला । नेपालमा जस्तो दुर्घट्ना स्थलमा ड्राइभरका मुक्कामुक्कि, हानाहान वा एक अर्कालाइ सराप्ने काम अमेरिकाम हुदैन र चल्दैन प ि। मतलब ड्राइभरहरु सिभिलाइज्ड हुने गर्दछन । बिमा इनफरमेसन शेयरिङ्ग गरिसके पछि वकिल हायर गर्नुहोस् । वकिल हायर गर्दा उनीहरुले गल्ति गर्ने ड्राइभरको बिमा कम्पनीबाट रकम हसुर्न लालायित हुन्छन, यस्तो अबस्थामा आफ्नो वकिलसँग सम्झौता एन डी ए गर्नुपूर्ब कागज अध्ययन, वकिलले बिमा कम्पनीबाट प्राप्त गर्ने रकमको अस्पताल र मेडीकल बिल पश्चात उब्रेको रकम वकिलले १० देखि ५० प्रतिशतसम्म कमिसन लिने हुन्छन तर भलै सामान्य शुल्क बाहेक बिमा कम्पनिबाट प्राप्त हुने कमिसन बाहेक अन्य रकम तिराउदैनन् ।

    अंग्रेजीमा लेखिएका एन डी ए अर्थात् नन डिस्क्लोजर एग्रिमेन्ट र आ–आफ्ना अधिकार वकिल र क्लाइन्ट बिचको कागजमा अध्ययन नगरि, बुझ्दै नबुझि हस्ताक्षर गर्दै नगर्नु होला । वकिलले मनपरि कागज बनाएर प्राप्त हुने डलर ठगेको धेरै प्रमाणहरु छन र क्लाइन्ट आफ्नै वकिलको मर्कामा परेको घटनाहरुका गुनासाहरु प्रशस्तै छन । अंग्रेजी नबुझ्ने र दोहोरो सम्बाद गर्न नसक्नेहरु नै बढि मर्कामा परेको देखिन्छ । नबुझे देखि बुझ्ने मानिसहरुको साथ लिनुहोला । यदि तपाइहरु कसलाइ अंग्रेजी भाषागत समस्या परि कुनै कागज अध्ययन वा उनिहरुसँग बोलिदिनै पर्ने अबस्था आए यहाँहरुको सेवामा सधै हाजिर छु । त्यस कारण ख्याल राख्नुहोस् तपाइहरुको यहि सानो भाषागत त्रुटी र गल्तिका कारण थुप्रै सास्ति र नोक्सानि ब्यहोर्नु पर्ने हुनसक्दछ ।

    गाडी दुर्घटनामा अमेरिकी कानुन, बिमा कम्पनी, राज्यस्तरका बिबिध र अति आबश्यक कानुन र जानकारीहरु एबम तपाई आफ्नो प्राप्त अधिकार र प्रिभिलेज एक्सरसाइजका लागि आफू चनाखो हुनुपर्ने, जानकारीहरु थाहा पाइराख्न जरुरी छ । तपाइहरुलाई आबश्यक पर्ने यस्ता जानकारी र कौतुहलता एबम तपाइहरुलाइ सुझावका लागि सधै र सदा झै हाजिर छु ।

    ३५२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad