BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    गजल ५६

    अजय "सुगम" खनाल,  मालारानी ३ अर्घाखाँची नेपाल, हाल दक्षिण अफ्रिकाजेठ १६, २०७५

    मानव हैन दानव यहाँ सदाचारी बनेको छ
    बाउ आफ्नै छोरीको बलात्कारी बनेको छ

    चुनाव जिताएर हामीले संसदमा पठाएका
    त्यही नेता आज देशलाई भारी बनेको छ

    न त देश विकास भयॊ न कुनै निकास दिए
    सिंहदरबार नेताहरुको चौतारी बनेको छ

    जनस्वास्थ्यमा खेलबाड् गरिरा’छ सरकार
    जाजरकोटमा हैजाको महामारी बनेको छ

    यहाँ चेलीहरु फेसनको दुनियाँमा रुमलिँदा
    आज पहिरनको अस्तित्व सारी बनेको छ

    उस्लाई साथीसङ्गी परिवारले वास्ता नगर्दा
    साहित्य नै अजयको एक छहारी बनेको छ

    इति

    २९३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad