BizPati

  • Ad
  • आज : २०७५ आषाढ ९ गते
    Headlines :
    Ad

    मकैको घोगामा दाना नलाग्दा १० करोडको क्षति

    संसार न्यूज संवाददाताजेठ १६, २०७५

    १६ जेठ, वीरगञ्ज । बाराका किसानले लगाएको हिउँदे मकैको घोगामा दाना नलाग्दा रु १० करोड सात लाख ३८ हजार बराबरको क्षति पुगेको छ ।

    जिल्ला कृषि विकास कार्यालयका अनुसार कात्तिकमा लगाएको हिउँदे मकै शीतलहरका कारण परागशेचन हुन नसक्दा यसवर्ष करीब ५० प्रतिशतले मकै उत्पादनमा कमी आएको छ ।

    जिल्लामा यसवर्ष १३ हजार ५९५ हेक्टरमा हिउँदे मकैखेती गरेकामा ५३ हजार २० दशमलव ५ मेट्रिक टन उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले जानकारी दिएका छन् । किसानले गतवर्ष १३ हजार ५९५ हेक्टरमा ८४ हजार २८९ मेट्रिक टन मकै उत्पादन भएको थियो । यसवर्ष गतवर्षको तुलनामा ३१ हजार २६९ मेट्रिक टन कम मकै उत्पादन भएको छ ।

    मकैको घोगामा दाना नलाग्दा जिल्लामा १२ हजारभन्दा बढी किसान मारमा परेका छन् । क्षतिपूर्ति उपलब्ध गराउन केन्द्रमा पत्राचार गरिएको कार्यालयका सूचना अधिकारी राजवंशीप्रसाद चौरसियाले बताएका छन् ।

    २१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad