BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन २९ गते
    Headlines :
    Ad

    डोल्पामा स्याउ उत्पादन घट्ने

    संसार न्यूज संवाददाताजेठ १६, २०७५

    १६ जेठ, त्रिपुराकोट, डोल्पा ।  हिमाली जिल्ला डोल्पामा यस वर्ष स्याउ उत्पादन घट्ने भएको छ ।

    दुई महिनायता पटक–पटकको असिनापानी र हावाहुरीका कारण गत वर्षभन्दा यसवर्ष ७० प्रतिशतले स्याउ उत्पादन घट्ने कृषकले बताएका छन् ।

    आम्दानीको मुख्य स्रोतका रुपमा रहेको स्याउ उत्पादन घट्ने भएपछि कृषक मारमा परेका छन् । यहाँको जुफाल, डाँगीवाडा, सुँ, जिँउ, रङ्ग, गल्ली, लिकु, रह, नाउ लालगायतका स्थानमा स्याउको व्यावसायिक खेती गरिएको छ ।

    यस वर्ष चैत अन्तिममा परेको असिनापानीले जिल्लाका अधिकांश स्थानमा लगाइएको स्याउको फूल नष्ट पारेको कृषकले बताए । “स्याउका बोट फुलेर सेताम्य भएको बेला हावाहुरी र असिनापानीले झा¥यो, झारेर बाँकी रहेका फल लागिसकेको स्याउ पनि जेठको असिनापानीले नष्ट पा¥यो”, ठूलीभेरी नगरपालिका–७ जुफालका जितबहादुर शाहीले बताए ।

    “मेरो २०० रुख स्याउको छ, हावाहुरी र असिनापानीले अधिकांश रुखको फूल र फल नष्ट पा¥यो, अघिल्लो वर्षभन्दा यसवर्ष ७० प्रतिशत स्याउ उत्पादन घट्ने देखिएको छ”, उनले बताए । गत वर्ष शाहीले रु एक लाखको स्याउ बिक्री गरेका छन् । यस वर्ष रु ३० हजारको बिक्री गर्न पनि मुस्किल हुने उनको भनाइ छ ।

    डोल्पा कर्णालीमै स्वादिष्ट स्याउ उत्पादन हुने जिल्लाका रुपमा चिनिन्छ । त्रिपुरा सुन्दरी नगरपालिका– ३ जिँउ गाउँका कृषक रञ्जित बोहोराको ३०० रुखमा असिनापानी र हावाहुरीले क्षति पु¥याएको छ । उनले गत वर्ष १० क्विन्टल स्याउ उत्पादन गरेका थिए ।

    “पाँच क्विन्टल मुस्किलले बिक्री गरेँ, बिक्रीका लागि बजार नहुँदा आधा निःशुल्क बाँडे, आधा घरमै कुहियो”, उनले भनेकाछन् । यस वर्ष रु बीस हजारबराबरको स्याउ पनि उत्पादन नहुने देखिएको उनको भनाइ छ । हावाहुरी र असिनापानीले सबै नष्ट पारेपछि बोहोराले क्षतिपूर्तिका लागि नगरपालिका र जिल्ला कृषि कार्यालयमा निवेदन दिएका छन् ।

    “स्याउको बीमा गरेका छौँ, राहत मिल्ने आशा छ”, उनले भने ।

    डोल्पामा शिखर इन्स्योरेन्सले फलफूल बीमा कार्यक्रम लागू गरेको छ । गत वर्षमात्रै असिनापानी र हावाहुरीका कारण स्याउखेती नष्ट हुँदा पीडित बनेका कृषकलाई रु पाँच लाख छ हजार वितरण गरिएको थियो । अहिले जिँउ गाउँमा मात्रै ६० जनाभन्दा धेरैले व्यावसायिक रुपमा स्याउ उत्पादन गर्दैआएका छन् । बजार अभावमा वर्षेनी लाखौँ मूल्यबराबरको स्याउ घरमै कुहिने गर्छ ।

    ६० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad