BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    सेवामै रमाउछन् सञ्जिल प्रसाईं

    अनिल वाग्लेजेठ १७, २०७५

    धेरैलाई ‘तपाई खासमा चाहीँ के काम गर्नुहुन्छ ?’ भनेर सोध्यो भने सजिलो र छिट्टो गरी उत्तर आउँछ ‘समाज सेवा’ । तर उनीहरुलाई मसिनो गरी नियाल्ने हो भने उनीहरुको ‘समाज सेवा’ देखाउने दाँत मात्र हुन्छ । तर एउटा यस्ता युवा फेला परे जो आम्दानीको निश्चित प्रतिशत रकम सेवामा लगाउँछन् । ९ बर्ष खाडी मूलुक दुवईको एक कम्पनीमा एसिस्टेन्ट मेनेजरको कार्यभार सम्हालेर विगत २ वर्षदेखि स्वदेशमा नै पेशाव्यवसाय चलाउँदै आएका छन् । ती हुन् झापा बुद्धशान्ति २ का सञ्जिल प्रसाईं ।
    प्रसाईं यतिवेला बुधबारे बजारमा नेम्बाङ मोटरड्राइभिङ सेन्टर खोलेर बसेका छन् । त्यहाँ उनले ड्राइभिङ सिकाउने मात्र गरेका छैनन् । विपन्न वर्गका युवाहरुलाई निशुल्क रुपमा सिकाएर लाइसेन्स पनि आप्mनै लगानीमा निकालिदिने गरेका छन् । ठाउँठाउँका युवाहरुलाई निशुल्क रुपमा खेलकुद सामग्री प्रदान गर्ने गरेका छन् । विभिन्न विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक, पाठ्य सामग्री, खेलकुद सामग्री प्रदान गर्ने गरेका छन् । त्यति मात्र होइन उनी ट्राफिक सचेतनाका लागि सचेतना मुलक कार्यक्रम ठाउँठाउँमा आयोजना गर्छन् ।

    ट्रार्फिक नियम सम्बन्धि बोर्ड ठाउँठाउँमा राख्छन् । जेब्रा क्रसिङ बनाएर दुर्घटना न्युनिकरणका लागि प्रयास गरिरहेका छन् । यी कार्य गर्दै आएका प्रसाईं भन्छन् ‘ व्यवसायको ३० प्रतिशत नाफा मैले सेवा क्षेत्र मा लगाउने गरेको छु ।’ उनले बुद्धशान्ति २ को योगावालविकासका ३० जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेका छन् । त्यहाँ २ थान फेन जडान गरिदिएका छन् । शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेका छन् । त्यसका लागि २५ हजार बढी लागेको उनको भनाई छ ।
    त्यस्तै सरस्वती आधारभुत विद्यालय बुद्धशान्ति २ मा पनि शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेका छन् । सरस्वती आधारभुत विद्यालयका लागि उनले पोजेक्टर खरिद गरिदिने बचन पनि दिइसकेका छन् । सोहि विद्यालयले यातायातको व्यवस्था गर्दै वस पनि सञ्चालन गर्न लागेको बताए पछि बस चलाउने दुई जनालाई निशुल्क तालिम दिने जनाएका छन् ।

    आर्थिक रुपले विपन्न अर्जुनधारा नगरपालिका अन्र्तगत खुदुनावारीका ३, बुद्धशान्ति गाउँपालिका अन्तर्गत जयपुरका ३ र गोपालडाँडाका २ जना गरी ८ जना विपन्न वर्गका युवाहरुलाई ८० प्रतिशत छुटमा ड्राइभिङ सिकाएर आफ्नै लगानीमा लाइसेन्स निकालिदिएर स्वरोजगार बन्न टेवा पु¥याएका छन् । मेची राजमार्गको बुधबारे तथा बुद्धशान्ति २ को जयपुर बजारको सडकमा जेब्रा क्रसिङ निर्माण गरिदिएका छन् ।
    बुद्धशान्ति गाउँपालिकाका ६ वटा युवा क्लबहरुलाई खेलकुद सामग्री पनि उनले प्रदान गरेका छन् । खरखरे युवा क्लब, एकता क्लब, युनिटी क्लब, योङस्टार क्लब, इमेज ७३, ओम नम शिवाय क्लबलाई १५ हजार मुल्य बरावरको खेलकुद सामग्री प्रदान गरेको प्रसाईंले जनाएका छन् ।

    आप्mनो पेशाले परिवार चल्दै गरेको अवस्थामा सेवाका लागि छुट्याइएको रकमले सेवाभावमा लाग्दा आफूलाई ठूलो आनन्द मिल्ने उनले बताएका छन् ।
    प्रस्तुति : अनिल वाग्ले

    २१८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad