BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    वुद्ध जयन्तीमा नयाँँ संस्कारको बिकास

    रामकुमार श्रेष्ठ, अष्ट्रेलियाजेठ १८, २०७५

    २०१२ मा म वेलायतबाट सिड्नी उत्रेपछि सो बर्ष सिड्नीमा एक्कै दिन मनाइएका तीन वुद्ध जयन्तीमा सहभागी हुने क्रममा आयोजक, कार्यक्रमस्थल र समय फरक फरक भए पनि सबै कार्यक्रममा उपस्थित हुने अधिकांश ब्यक्ति उही देखिएकोले कार्यक्रम यसरी फरक फरक मनाउनुको अलावा संयुक्त रुपमा मनाउँदा आर्थिक भार पनि कम पर्ने र कार्यक्रम पनि बढी प्रभाबकारी हुने आवाज उठाइएको कारण अर्को बर्ष सिड्नीमा कन्सुलेट कार्यालय लगायत धेरै संस्थाहरु र इजरायलमा ११ वटा संस्थाहरुले संयुक्त रुपमा वुद्ध जयन्ती मनाए ।

    इजरायलको कार्यक्रमको उद्घाटन इजरायलका लागि तात्कालिन नेपाली राजदूत प्रल्हादकुमार प्रसाईं, म्यानमारका राजदूत म्यो आई, श्रीलंकाका राजदूत सरथ देभासेना र थाई राजदूतावासका उपनियोग प्रमुख सुचार्ट लेङसेङथोङले संयुक्तरुपमा गर्नुभएको थियो । इजरायली सोसल नेटवर्क साइटका संचालक दानी एव्राहिम, जो नेपालका एक असल मित्र पनि हुन, ले नेपालका पर्यटकीय आर्कषणबारे पावरप्वाइन्ट प्रस्तुति गरेका थिए । इजरायलका पहिलो सगरमाथा आरोही डोरान अर्लले सगरमाथा आरोहणबारे अनुभव सुनाएका थिए ।

    २०१३ र २०१४ मा वुद्ध र लुम्बिनीमा केन्द्रित भएर मेलबर्नबाट सन्चालित रेडियो मार्फत लगातार क्रमश: २४ र २५ घण्टे रेडियो कार्यक्रम आयोजना गरिए जस्मा बिभिन्न देशमा कार्यरत राजदूतहरु, नेताहरु र बिदेशीहरुलाई समेत सहभागी गराइएको थियो ।

    वुद्ध जयन्ती पहिला पहिला पूजा आजा गरेर मनाइने गरिएकोमा अभियान शुरु भएपस्चात धेरै देशमा नेपाललाई वुद्धको जन्मस्थलको रुपमा चिनाउने कामलाई वुद्ध जयन्तीकै एउटा अंशको रुपमा मनाउने संस्कारको बिकास भएको छ ।

    १७ नोभेम्बर २०११ मा लन्डनस्थित नेपाली दूतावास हाताभित्र अभियानको तेश्रो बार्षिकी मनाउने क्रममा नेदरल्याण्डको हेगस्थित Peace Palace (International Court of Justice)  भवनभित्र बुद्धको मूर्ति राखिनुपर्ने प्रसंग उठेपछि १ डिसेम्बर मा काठमाण्डौंमा पूर्व प्रधानमंत्री एबं वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक प्रचन्डको प्रमुख आतिथ्यमा सबै प्रमुख पार्टीका राष्ट्रिय स्तरका ब्यक्तित्वहरुको उपस्थितिमा मनाइएको अभियानको तेश्रो बार्षिकीको दोश्रो सत्रको “लुम्बिनी बिकास-संभाबना र चुनौतिहरु” नामक अन्तराष्ट्रिय संगोस्ठीमा सो बिषय उठान गरी त्यसबाट तयार गरिएको ४३ पेज लामो प्रतिबेदनमा उल्लेख गरी प्रतिबेदन नेपाल सरकार र ठूला पार्टीहरुलाई समेत बुझाइएको थियो ।

    यस्को लागि सम्बन्धित देशको सरकार मार्फत मात्रै प्रकृया अगाडि बढाउन मिल्ने भएकोले गैरआवासीय नेपाली संघद्धारा हस्ताक्षरित पररास्ट्र मन्त्रीलाई सम्बोधन र प्रधानमन्त्रीलाई बोधार्थ गरी लेखिएको अनुरोधात्मक पत्रपस्चात पररास्ट्र मन्त्रालयले अन्तराष्ट्रिय न्यायालयमा बुद्धको मूर्ति राखनको लागि पत्राचार गरिएकोले अन्तराष्ट्रिय न्यायालयले नेपाल सरकारलाई बुद्धको मूर्ति राख्न अनुमति दिएपछि प्रकृया अगाडि बढाउने सिलसिलामा बेल्जियमका लागि तात्कालिन राजदूत राममणी पोखरेलले हेगस्थित अन्तराष्ट्रिय न्यायालयका रजिस्ट्रार फिलिप डे कौभ्रेअर  (Philippe de Couvreur) संग भेटी संपूर्ण आबस्यकीय ब्यबस्थापन गर्नु भयो र गैरआवासीय नेपाली संघको आर्थिक ब्यबस्थापनमा चाँदीको आवरणमा सुनको जलप सहितको धातुको साँढे दुई फिट अग्लो करीब २० किलोग्रामको ध्यान मुद्रामा रहेको बुद्धको मूर्ति प्रतिस्थापन गर्ने काम २०१३ को जुनमा संपन्न भयो जस्मा Lord Buddha was born in 623 BC in Lumbini, Nepal. “Three things cannot be long hidden: the sun, the moon, and the truth.” Lord Buddha लेखिएको छ ।

    अभियान समयानुकूल रणनीति परिवर्तन गर्दै हल्लिखल्ली गर्नुभन्दा अभियानको मूलभूत उद्धेस्य प्राप्ती कार्यको लागि समस्याको जरोमा नै प्रभाब पार्ने किसिमले काम गर्दैछ । अभियानले सरकारले गर्नुपर्ने काम जनस्तरबाट गरिरहेको र अभियानले वुद्ध जन्मस्थल बिषयमा सिर्जित विस्वब्यापी समस्याको समाधानको जरो फेला पारिसकेको र यस बिषयमा पूर्व प्रधानमन्त्रीद्धय माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचन्ड मार्फत नेपाल सरकारलाई सहभागी गराएको र नेपाल सरकारको सानो ब्यबस्थापनाद्धारा यो समस्या समाधान सहजै गर्न सकिने भएकोले अब पनि जनस्तरबाट ठुलो शक्ति खर्चेर अनाबस्यक हल्लिखल्ली गर्नु सरकार उपहास र आलोचनाको पात्र हुने मात्रै नभएर त्यस्तै परे दीर्घ कालिन रुपमा यो प्रत्युत्पादक समेत हुन सक्ने भएकोले पनि अभियान पहिलाको तुलनामा मौन जस्तो देखिए तापनि मौनताभित्र बहुआयामिक प्रभाब दिने किसिमले परिणाममुखी काम भने भै नै रहेको छ ।

    ४५३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad