BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ५ गते
    Headlines :

     ४० पुग्नु भयो ! त्यसो भा अमेरिका नआउनुस्

    सानुवावु सिलवाल, अमेरिकाजेठ १८, २०७५

    उमेरले ४० काटेपछि सम्वृद्दिको खोजिमा अमेरिका नआउनु नै राम्रो हुन्छ । यसो भन्दै गर्दा वान साइडेड बिबेकिहरु बुर्लुक्क उफ्रेलान तर यथार्थता सधै टर्रो र अमिलो हुने गर्दछ । अमेरिकन बातावरण, कानुन र सामान्यतया जान्नै पर्ने तत्वहरुको सिकारुमै लगभग ५ बर्ष बित्ने गर्दछ भन्दा ४० मा अमेरिका टेकि नयाँ जीवन र जीवनशैली बिताउने रहरमुखिहरुको उमेर ४५ पुग्दछ । बिल, तिरनतारन, परिवार र आफ्नै टेकिङ्ग केयर गर्दा अर्को ५ बर्ष हान्दा ५० टेक्यो मानिसले ।

    घरले जा–जा बनले आइज–आइज भन्ने उमेरमा अस्पताल, औषधि, क्लिनिक, फ्रस्टेशन, स्ट्रेसले गाँज्दै जादा समुन्नतिका लागि चाहिने उर्जा, उमेर, सिड मनि र स्रोतका चल्दै गरेको उमेर काफि छैन । डलरको अभावमा उपचारै प्राप्त गर्न नसकि मर्न चाहि पर्दैन तर औधि महङ्गो छ अमेरिकन स्वास्थ्य क्षेत्र । बिमा नहुने, अमेरिकन सरकारको मेडीकेड र मेडिकेयर नहुने मानिसको उपचार हुनु भनेको सर्बस्वै जान्छ भन्दा भयो ।

    ढल्किदै गएको उमेरमा एकातिर कमाइ नहुने र अर्कोतिर स्वास्थ्य बिमा र सुरक्षा नहुदा जिवन चौपट्ट हुन्छ अमेरिकामा । त्यसैले स्वास्थ्य बिमा लिने, नसके अमेरिकी सरकारको स्वास्थ्य प्रिभिलेजका लागि आबेदन दिने र सम्भब नभए इन्डीया वा नेपाल गै उपचार गरि फर्कन नै उचित हुन सक्दछ । भबितब्य अर्थात् भबिश्यमा हुनसक्ने जनको क्षति वा डेथ एबम हुनसक्ने कुनै पनि स्वास्थ्य जोखिम र परिवारको हितका निमित्त पनि स्वास्थ्य बिमाका साथमा जिवन बिमा लिन नभुल्नु होला ।

    लगानी गर्ने, ठुलो आर्थिक स्रोत हुदा लगानि गर्न सक्ने, छोराछोरी राम्रा लहमा जागिरे वा आम्दानीका हिसाबले माथिल्लो र्याङ्कमा रहेका आफ्ना छोराछोरीका हकमा उमेरले ४० काटेका मानिसका निमित्त त्यत्ति सास्ति देख्दिन तर जो आफै, आफैद्वारा र आफैले सबै थोक गरि स्थापित वा ब्यबस्थित सेटलका लागि भने ४० वा ४० नाघेका मानिसहरुले अमेरिकि भूमिमा पिस प्राप्त मुश्किल छ । त्यसैले उमेर नापेर मात्रै अमेरिकि सम्वृद्दि प्राप्तिमा घुँडा धस्नु होला ।

    ९२३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad