BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    यस्तो छ ‘किसानसँग गाउँ सरकार’ को अभ्यास

    संसार न्यूज संवाददाताजेठ १८, २०७५

    १८ जेठ, प्य्ठान । सरुमारनी गाउँपालिकाले ‘किसानसँग गाउँ सरकार’ कार्यक्रमको नाम दिएर कृषिमा व्यवसायिकरणको पहल थालेको छ । निर्वाहमुखी कृषिलाई व्यवसायिकता दिने उद्धेश्ले गाउँपालिकाले यस्तो उदाहरणीय कार्यको थालनी गरेको हो ।
    ‘किसानसँग गाउँ सरकार’ कार्यक्रमको पहिलो वर्ष बाख्रापालन, मौरीपालन, केराखेती, धान खेती र अदुवा खेतीका लागि किसानहरुलाई अनुदान रकम दिन लागेको गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले बताए ।
    कार्यक्रम सञ्चालनका लागि पहिलो वर्षका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । ‘गाउँपालिकाको समृद्धि, किसान र कृषि क्षेत्रको समृद्धिसँग जोडिएको छ,’ अध्यक्ष विश्वकर्माले भने, ‘उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने योजना बनाएका छौं ।’
    सामूहिक बाख्रा पालनका लागि दुईवटा समूहलाई ६ लाख ५० हजारका दरले, १८ जना किसानलाई ५० हजारका दरले, खोर सुधारका लागि ३० विपन्न किसानलाई १५ हजारका दरले, अनुदान दिइने बताइएको छ । त्यस्तै केरा खेतीका लागि ३ लाख, मौरी पालनका लागि ४ लाख, धान खेती गर्ने किसानका लागि १ लाख ५० हजार रुपैयाँ र अदुवा खेतीका लागि २ लाख ५० हजार विनियोजन गरिएको छ ।
    अदुवा खेती पकेट क्षेत्रमा गाउँपालिकाले कम लगानी भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । यो सुरुवाती अभियान भएको बताउँदै अध्यक्ष विश्वकर्माले यसलाई आगामी वर्ष सच्याउने उल्लेख गरेका छन् ।
    अनुदान रकम सदुपयोगका लागि अनुगमन संयन्त्र बनाइएको पनि गाउपालिकाले जनाएको छ । ‘अनुदान रकम लिने काम नगर्ने परिपार्टीप्रति हामी सचेत छौं,’ उनले भने, ‘सम्झौतामै कम्तिमा दुई वर्ष जे कामका लागि अनुदान लिएको हो, त्यो गर्नैपर्ने सर्त राखेका छौं ।’ विहिबारको राजधानी दैनिकबाट

    ४६९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad