BizPati

  • Ad
  • आज : २०७५ आषाढ ६ गते
    Headlines :
    Ad

    यथार्थ

    जनार्धन अधिकारी, काठमाण्डाै नेपालजेठ १८, २०७५

    कात्रोमा किन हुन्न हुन्न बगली, जस्तै धनी हुन् तर ?
    केको दम्भ घमण्ड गर्नु धन को, मर्दा सङै जान्छर ?
    लाखौं द्रव्य छ ढाँटले कपटले, सत्कर्मले सन्चित
    नांगेझार बनाइ लान्छ खटमा, के बर्ग देखिन्छ र ।१।

    उस्तै घाट धनाड्यको गरिबको, यौटै चिता हो सबै
    उस्तै नै किरिया छ श्राद्द उहिनै, छन् शोकमा उत्तिकै
    उस्तै नै घरबार भोजन भयो, खाने उनै अन्न हो
    उस्तै काम र क्रोध लोभ बिचमा, देखिन्न क्यै भिन्न हो ।२।

    खोलाको जलमा किटाणुहरु छन्, गर्थे सधैं दुर्दुर
    हाल्छन् त्यै मुखमा पबित्र भनिए, त्यै शुद्ध भो आखिर
    जे जेमा अति प्रेम गर्छ मनुले, त्यो फ्याँकिए तै पनि
    जेमा गर्छ घृणा नभै नहुन गो, यै सत्य पो रै’छ नि ।३।

    होला बर्तन काँसका घर भरी, भांडा अनेकौं थरी
    त्यो भन्दा टपरी अमूल्य हुनगो, के भो घमन्डै गरी ?
    होला मालिक खेत बस्तु हरुका, मौजा भएता पनि
    लान्छन घाट तिरै कुनै महलमा, जल्ने चिता हुन्न नि ।४।

    धेरै सर्बत जात झोलहरुका, राखे सजाए घर
    कोच्छन्अन्तिम काल झोल तुलसी, के मूल्य त्यो आखिर
    बाचुन्जेल सधैं जप्यो धन भनी, पैसा भनी कुर्लियो
    लौ नारायण मात्र भन्न कर भो, त्यो अन्तको बोल हो ।५।

    प्राणी देह सधैं रहन्न सहि हो, यै सार यै चाल हो
    बाचुन्जेल बुझौं धनी गरिबको, यैं मात्र भेद्भाब हो
    छाडी जान्छ सबै उसै तरहले, यै सत्य जाने गए
    बस्नै पर्छ कि स्वर्ग वा नरकमा, औकात जस्तै भए ।६।

    इति

    २६३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad