BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    बेल्जियमबाट फर्केर बाख्रा पाल्दै केशव

    संसार न्यूज संवाददाताजेठ १९, २०७५

    आफ्ना उमेरका साथी भाइहरु युरोपियन देशमा पुगेर कमाउन थालेको देखेपछि पाँचथरका केशव नेम्वाङलाई पनि युरोप जाउँ–जाउँ लाग्यो । मनको एउटा कुनामा युरोप जाने हुटहुटीले सताइरह्यो अनि त एजेन्टलाई ७ लाख रुपैयाँ तिरेर उनी युरोपको पोल्याण्ड पुगे उनी । त्यहाँबाट बेल्जियम गए । बेलिज्यमको ब्रसेल्स सहर नजिकै मुन्स भन्ने ठाउँमा रेष्टुरेण्टमा काम गरे । तर, युरोप उनलाई पटक्कै मन परेन् । अनि त आफ्नै देशमा पसिना फूलाउछु भनेर दृढ अठोट बोकेर देश फर्किए केशव नेम्वाङ । उनै केशवले यसरी सुनाए संसारन्युजलाई आफ्नो अनुभव ।
    साथीभाइ युरोप गएको देख्दा मलाई पनि जाउजाउ लाग्यो । अनि त एजेण्लाई सात लाख रुपैयाँ तिरेर २५ वर्षकै उमेरमा युरोपको पोल्याण्ड हुँदै बेल्जियम पुगे । त्यहाँ रेष्टुरेण्टमा काम गर्थे । आफूले सोचेको जस्तो कहाँ हुँदोरहेछ र युरोप धेरै नै फरक रहेछ । १२ घण्टा खटिनुपर्ने । त्यहि पनि आफूले भनेजस्तो नहुने । अनि त यति मेहनत देशमै गर्न सकियो भने धेरै गर्न सकिन्छ भनेर ४ वर्षको बेल्जियम बसाईलाई बिट मार्दै देश फर्किए ।


    १० लाख लगानीमा बाख्रापालन
    बेल्जियममा रहँदा नै योजना बनाइसकेको थिए, देश फर्केर कृषि कर्ममै लाग्ने । त्यहाँ नेपाली समाचार तथा पत्रपत्रिकामा कृषि क्षेत्रमा लागेर धेरै युवाले हासिल गरेको सफलताको समाचारले मन तानेको थियो । सरकारले पनि त सहयोग गरिरहेको थियो यस्ता क्षेत्रमा । अनि त आउना साथ बाख्रापालन सुरु गरे । मैले २०७० देखि बाख्रा पालन सुरु गरेको हुँ । २०७१ मा राष्ट्रपति उत्कृष्ट पुरस्कार पनि आएको थिए । सुरुमा अलिकति घाटा पनि लाग्यो । किनकी, मलाई थाहा थिएन कस्तो बाख्रा पालन गर्ने ? कस्तो खोर चाहिन्छ ? यहाँको वातावरणमा कस्तो बाख्रा फस्टाउछ ? अनि कस्तो खालको घास खुवाउनुपर्छ भनेर । अरुलाई बाख्रा ल्याउन पठाउँदा, बिरामी परेका तथा विग्रेका ल्याइदिन्थे । त्यतिबेला झण्डै १२–वटा माउ मरेर घाटामा परे । मैले स्याङजा र इण्डियाबाट पनि बोयर जातको बाख्रा ल्याएको थिए सुरुमा । अहिले आफै ६२ प्रतिशत बाख्रा क्रस गरेर उत्पादन गरेको छु । अब ७५ प्रतिशत पु¥याउने सोचमा छु । अहिलेसम्म १० लाख लगानी गरिसकेको छु । हाल ४५ वटा बाख्रा रहेका छन् । मैले उत्पादन गरेका खसी बोकाहरु यहाँमात्र नभएर, र झापा, मोरङ, इलाम लगायतका बजारमा पनि पुगेका छन् ।


    ७ लाखको ससेज फ्याक्ट्री
    मैले आफै उत्पादन गरेको खसी बोकाको मासु र बाहिरबाट ल्याएर रागा, बंगुर र कुखुराको मासु पेलेर ससेज बनाउने गरेको छु । बजार पनि राम्रै छ । भर्खर सुरुवात गरेकोले अलि चुनौती पनि छ । तर, गाउँमा धेरै मानिसहरु विदेश जाने आउने गरेकाले पनि यसको स्वाद थाहा भएकोले उपभोग गरेको पाएको छु । मैले आफै ‘फास्टफुड रेष्टुरेण्ट’ पनि खोलेको छु, फिदिम बजारमै । आफैले उत्पादन गरेको ससेज फास्टफुडमा विभिन्न भेराइटीका खानेकुरा बनाउने गरेको छु । विशेष गरेर बर्गर, पिजा लगायत खानेकुरा बनाउने हुनाले त्यहाँ पनि ससेज खपत गरेको छु । समग्रमा भन्नु पर्दा राम्रै छ । कमाएको पैसालाई लगानीमा लगाउँदै आएको छु । यति फाइदा भयो भन्ने छैन् । परिवारसँग बसेर खुसी छु ।

    सुरुमा बौलायो भन्थे

    बेल्जियमका साथीहरुले त भनेकै थिए, ‘तँ अब बौलाइस, युरोप छोडेर रित्तो हात देश फर्कन् थालिस्’ भनेर । तर, मलाई त्यस्तो कुराले छोएन । आफ्नो माटो फूलाउँने दृढ सोँच बोकेर देश फर्किए । यहाँ पनि आफन्त परिवारले हरुले सुरुमा नाक खुम्च्याए । के गर्न लाग्यो भनेर । २९ वर्षको थिए । सबैले त्यतै सेटल नभएर किन देश फर्कियो भनेर पनि भने । तर, काम गर्दै गएपछि सबैले राम्रो माने । आमा बुबाले ‘जहाँ गए पनि काम गर्ने हो, यहि गर,’ भनेर हौसला दिनुभयो । श्रीमतीले पनि सघाइरहेकी छन् । युरोपको मोह छोडेर आएको हुनाले अब कुनैपनि देश जानेर रहर छैन । आफ्नो पेशाप्रति गर्व लागेको छ । मैले आफ्नै पसिना सिँचेर मेरो माटो फूलाएको छु । मलिलो बनाएको छु ।

    सरकारले यस्तो गरिदिए हुन्थ्यो
    हुन त मैले कुनै तालिम लिएको छैन । व्यवसाय गर्नका लागि । जन्मदै कृषकको छोरा भएर जन्मिएकोले पनि नर्मल कुराहरुको ज्ञान छ । तर, अबको अवस्थामा परम्परागत ज्ञान मात्र भएर हुदैन् । प्राविधिक रुपमा सबै चाहिन्छ । मैले सरकारबाट २ लाख रुपैयाँ अनुदान पाएको छु । तर, यसलाई पनि सकारात्मक मान्दै अरु धेरै कुरा छन्, सरकारले गर्नुपर्ने भन्ने लाग्छ । प्राइभेटले गरेकै होलान्, तर मोटो रकम लिएर । सर्वप्रथम त एउटा युवासँग १० लाख रुपैयाँ छ भने त्यो पैसा कहाँ लगानी गर्ने भन्ने बारेको डाइरेक्सन सरकारले दिनुपर्छ । उसँग पैसा छ । तर, कुन क्षेत्रमा लगानी गर्ने ? त्यहाँको माटो हावापानी कस्तो छ ? उत्पादन कसरी गर्ने ? बजार व्यवस्थापन कसरी गर्ने ? कति क्वान्टिटी र कति क्वालिटी भन्ने लगायतका धेरै कुरा उसलाई थाहा हुँदैन् । तसर्थ सरकारले नै यी सबै ज्ञान युवालाई दिएमा उसले विदेश गएर पसिना पोख्नु पर्दैन् । पसिना आफ्नै भूमिमा पोखिन्छन् ।

    युवा उर्जा देशमै खर्च गर्नुपर्छ
    उमेर र जोश छदासम्म विदेशमा बस्ने र बुढो शरीर लिएर स्वदेश फर्कनुपर्छ भन्ने त्यो भन्दा नराम्रो केही हुँदैन् । यहाँ आएपछि फेरि जिरो लेवलबाट सुरु गर्नुपर्दछ । तसर्थ बेलैमा देश फर्केर केही गर्न लागि परेमा त्यो नै ठूलो जित हुन्छ । त्यहाँ जत्ति खट्नुहुन्छ यहाँ त्यत्ति खटेमा त्यहाँ भन्दा बढी फाइदा यहाँ हुन्छ । किनकी आफ्नो परिवारसँगै रमाउन सकिन्छ । अनि परिवारको पनि त साथ हुन्छ ।

    प्रस्तुति : चन्दा थापा

    ३७१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad