BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    जेठ १९ को कालो रात सम्झदा…

    निलकण्ठ तिवारीजेठ १९, २०७५

    १९ जेठ, काठमाडौं । आज भन्दा ठिक १७ वर्ष अगाडि  अर्थात् २०५८ जेठ १९ गते नेपालले नयाँ कोतपर्व व्यहो¥यो ।  शुक्रबार  साँझ ९ बजे तिरको  दरबारभित्रको घटना राती ११ बजेपछि  सनसनी फैलियो । न त्यतिबेला फेसबुक  थियो न त  मोबाइल टेलिफोनको नै पर्याप्तता ।  ल्याण्डलाईन टेलिफोनले मान्छेका निद  खल्बल्याउन थालेका थिए । न कसैले सोचेको न त अनुमान  गर्न नै सक्ने ।

    मानव अधिकारवादी, बहुदलवादी र राष्ट्रवादी छवि बनाएको भनिएका राजा विरेन्द्रको हत्या गरिएको खबर विदेश बस्ने नेपालीहरुबाट बढी हल्ला भयो । अन्तराष्ट्रिय संचार माध्यमहरुले  घटनालाई  सम्प्रेषण गरेपछि  विदेश बसेका नेपालीले पुष्टि गरेंझै गरी फोन गरी रहँदा पनि धेरै उपत्यकावासीलाई  पत्यार लागेको थिएन ।  दरबारमा  त्यस्तो ठूलो घटना घटेपछि रातिको समयमा बाहिर निक्लने आँट  धेरैलाई कम थियो । रातभरी साउती गरेर बस्नुभन्दा  उपत्यकावासीाई  सू–सूचित हुने अरु खासै मौका मिलेन ।

    जेठ २० गते शनिबार बिहानको नेपाल टेलिभिजनले लगातार शोक धुन  बजाउन थालेपछि  पुष्टी भएको लभगभ अनुभूति भयो । विहानको समयमा क्रमश ः मानिसहरु गल्ली, चोक,  टोलमा जम्मा हुने क्रम सुरु भयो । मानिसहरुका मुडिएका टाउकाले सडकलाई ढाक्दै गयो ।

    करिब २ हजार बढी सुरक्षाकर्मीको कडा सैन्य  सुरक्षाभित्र  रहेको नारायणहिटी दरबारभित्र अकल्पनिय, अप्रत्याशित, विभत्स र दुःखद घटना घटेपछि  राजदरबार हत्याकाण्डका बारेमा  नेपाल र संसारभरी धेरै प्रतिक्रियाहरु आए । गिरीजाबाबु नेतृत्वको सरकारमा गृहसहित उपप्रधानमन्त्री सम्हालेका  रामचन्द्र पौडेलले युवराज दिपेन्द्रबाट गोली चलाएको भनि विदेशी संचारमाध्यमलाई अन्तर्वार्ता दिएपछि राजा विरेन्द्रका  शुभचिन्तकहरु गिरीजा र रामचन्द्र विरुद्धमा उत्तेजक  बन्न पुगे ।

    तत्कालिन प्रधानन्यायाधिश केशव प्रसाद उपाध्यायको संयोजकत्वमा तत्कालिन सभामुख  तारानाथ रानाभाट र एमाले महासचिव माधब कुमार नेपाल लगायतको जाँचबुझ  कमिटी बनाएर  घटनाको छानविन गर्ने  बताईएपछि  स्थिति  क्रमश तनाबमुक्त हुँदै गयो । यद्यपी  एमाले महासचिव  माधव कुमार नेपाल त्यो कमिटिबाट बाहिरीए भने तारानाथ रानाभाटको  भटट प्रस्तुतिले  बिशेष ठाउ पनि पायो ।

    सोहि दिन (शुक्रबार) साँझ ६ बजेको समयमा बडागुरुज्यू नयनराज पाण्डेको डिल्लीबजारस्थित घरमा पुगेर    फर्केपछि शुक्रबारको साप्ताहिक रात्रीभोजमा राजदम्पत्ती सहभागी भएको जनाइएको थियो । त्यतिबेला दिपेन्द्रको विहे प्रसंगमा डिल्लीबजार पुगेकोले ‘जसरी पनि देवयानी’ भन्ने दिपेन्द्रलाई  रिस उठेर सो घटना घटाईएको प्रचार गरिएको थियो ।  प्रचार जे जसरी भए पनि सो फायरिङका बारेमा विश्लेषकहरुले दिपेन्द्र  एक्लैले उत्तेजनाबाट घटाउन नसक्ने घटना भनेर पनि बाहिर आएको थियो ।Aimed Firing र Accidental Firing मध्ये छानेर हान्ने फायरिङ अर्थात् Aimed फायरिङ भएकोले नै  राजा विरेन्द्रको वंश (विरेन्द्र, ऐश्वर्य, दिपेन्द्र, श्रुति र निराजन) को हत्या भएको भनिएको थियो ।

    तत्कालिन अधिराजकुमार ज्ञानेन्द्र सो दिन पोखरामा रहेको र व्यवसायिक  प्रवृत्तिका अधिराजकुमार भएकाले पारस  मार्फत  दिपेन्द्र प्रयोग भएको अनुमान गर्दै  प्रचार  पनि गरिएको थियो । तर, दरबार सुत्रले सो कुरा पूरै खारेज गरी  त्यो दुःखद घटना  तत्कालिन  युवराज दिपेन्द्रबाट भएको संप्रेषित भएको थियो । युवराज दिपेन्द्रको विवाह चर्चा  घटनाको पृष्ठभूमि र उनको बहुलठ्ठीपनले नै दरबारहत्याकाण्ड  हुन पुगेको कुरा बढि  सार्वजनिक भएका थिए । तर,  सँगै रहेका  पारश साह र डा. राजीव शाहीलाई  गोली नलाग्नु,  दिपेन्द्र स्वयमको पिठ्यूमा  गोली हुनु र वीरेन्द्रका वंश मात्र मारिनुले शंसय गर्ने ठाउ प्रसस्तै रहेको थियो ।

    घटनापछि तत्कालिन माओवादी नेता  डा. बाबुराम भट्टराईले ‘नयाँ कोतपर्वलाई मान्यता दिनु हुन्न’ भन्ने शिर्षकमा लेख लेखेर कान्तिपुरमा छपाए भने  छाप्ने  सम्पादक युवराज घिमीरे नै प्रहरी खोरमा पुगे । घटनाको प्रतिक्रिया  विभिन्न ढङ्गले  आउनु स्वभाविक  रहेपनि  ‘धमिलो  पानीमा माछा मार्न  खोजिएको’ भन्ने उखानलाई  राज्यले जोड्यो । नशाले लठ्ठ परेका  दिपेन्द्रले  कसरी अचुक निशाना लगाउछन् भन्ने प्रश्न दरबार बिज्ञ मानिने डा. सानुभाइ डंगोलले गरेको भनेर संप्रेषित पनि भएको थियो । राजाको अवशान पछाडि  देश शोकाकुल भएको तत्कालिन यर्थाथताले  विरेन्द्रको  लोकप्रियता निकै  उच्च रहेको स्पष्टै थियो ।  घटनामा विरामीहरुको स्वास्थ्य भन्दा  सुरक्षा र गोपनियतालाई बढी ध्यान दिइएको भन्दै डा. अरुण सायमी लगायतका चिकित्सकहरुले पनि घटना रहस्यपूर्ण नै भएको  बताएका थिए ।

    वीरेन्द्रको वंशनास भएको ठिक ७ वर्षपछि अर्थात् २०६५ जेठमा राजा ज्ञानेन्द्रले नारायणहिटी  छाडेर गए । विना रक्तपात  राजाले गद्दि छाडे ।  गणतन्त्र घोषणा नहुन्जेलसम्म तारो बनेका  ज्ञानेन्द्रप्रतिको आक्रमण २०६५ जेठपछि क्रमश मत्थरीदै गयो । राजीव गान्धी हत्याराको वास्तविक छानविन  हुन  नसकेको र नेपालमै जननेता मदन भण्डारीको  रहस्यमय  मृत्यु  तथा विस्वका अन्य घटना हेर्दा राजदरबारको हत्याकाण्डको सहि जाँचबुझ र सहि प्रतिवेदनको अपेक्षा खासै गरिएको थिएन । तर,  वीरेन्द्रप्रति जनताको उच्च श्रद्धा र घटनाको प्रकृतिले हत्यारा पत्ता लगाउनै पर्छ भन्ने जनदवाव भने चर्को थियो ।

    विज्ञहरुका अनुसार यस्ता घटना साम्य हुन सक्छन तथा कालान्तरमा छताछुल्ल आउन पनि सक्छन् । नेपालको सम्बन्धमा सन्तुलन र संक्रमणताको आरोह अवरोहले घटनाको यर्थाथता ढिलो चाडो आउने अपेक्षा अझै सार्वजनिक भएका छन् । चाहे मदन आश्रितको होस्, चाहे विरेन्द्रको परिवारको होस् । ‘बुढी  मरी होइन ः काल पल्केला’ की भनेर पिरलो लिनु भने सबैले जरुरी छ ।

    ६५२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad