BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    युनाइटेड बेभरेजले ल्यायो पल्पी र हेप्पी

    फर्शुराम भुर्तेल जेठ २०, २०७५

    २० जेठ, काठमाडौं । युनाइटेड बेभरेज प्रालिले पल्पी र हेप्पी ब्राण्डका नयाँ जुसहरु बजारमा ल्याएको छ ।

    विगत ५ वर्षदेखि पल्पी ब्राण्डका दुई फ्लेबरका जुसहरु बिक्रि गर्दै आएको युनाइटेडले थप नया फ्लेबरका जुसहरु बजारमा ल्याएको हो । आइतबार आयोजितक विशेष समारोहका बीच उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नयँ फ्लेबरका उक्त जुसहरु बिक्रि वितरणको शुभारम्भ गरेका हुन् ।


    शुभारम्भ कार्यक्रममा बोल्दै युनाईटेड वेभरेजका अध्यक्ष भेषराज दुवाडीले उद्योगले अन्तराष्ट्रिय स्तरको जुस उत्पादन गरेको बताउदै आगामी दिनमा विदेशमा समेत जुस निर्यात गर्न सकिने सम्भावना रहेको बताएका छन् ।

    उद्योगले विभिन्न फ्लेबरमा १ लिटर, आधा लिटर तथा दुई सय पचास एमएलका विभिन्न जुसहरु बजारमा ल्याएको छ । हाल उद्योगले विभिन्न ११ जुस बजारमा ल्याएको छ । चितवनको रत्ननगरमा विस्तार गरिएको उद्योगमा सुरुवाती चरणमा २० करोड रुपैयाको लगानी गरिएको छ । जुस उद्योगबाट करिब २ सय जनाले रोजगारी पाएका छन् भने यसको प्रतिघण्टा २ हजार लिटर उत्पादन क्षमता रहेको छ ।


    विदेशमा बसेर  सिकेको प्रविधिलाई स्वदेश भित्राएर सोहि प्रविधिलाई विश्व बजारसम्म लैजाने योजना बनाएको गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष तथा कम्पनीका लगानीकर्ता सोम सापकोटाले बताए । उक्त कम्पनीमा नेपालका उद्योगी, गैरआवासीय नेपाली तथा विदेशबाट फर्केर नेपालमा विभिन्न क्षेत्रमा काम गरिरहेको युवाहरुको समूह ‘युथ भिजन इन्भेष्टमेन्ट कम्पनी’ को समेत लगानी रहेको छ ।
    शुभारम्भ सँगै उत्पादित जुसहरु आईतबार देखिनै देशभर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

    ८७४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad