BizPati

  • Ad
  • आज : २०७५ आषाढ ६ गते
    Headlines :
    Ad

    खाडीमा गर्मीबाट यसरी बच्नुस्

    नन्द ढुंगाना, दोहा कतारजेठ २०, २०७५


    यतिबेला खाडी देश कतारमा अत्यन्त गर्मी छ । ४६–४७ डिग्री सेल्सियस सम्म पुग्ने हुँदा खाडीमा काम गर्नेहरुले विशेष सर्तकता अपनाउनु पर्दछ । त्यसमा पनि निर्माण कार्यमा रहनेहरुले आफ्नो स्वास्थयको विशेष ख्याल गर्नुपर्दछ । बिशेष गरि खाडी मुलुकमा जस्ले construction project मा काम गर्ने सम्पुर्ण दाजुभाइहरुमा गर्मीबाट बच्ने उपाय बारे जानकारी :

    १. काम सुरु गर्नु अगाबै पानी पिउनु होला ।
    २. प्रत्येक २-३ घन्टा भित्र कम्सेकम २ लिटर पानी पिउनुहोला । एकै पल्ट पिउदा किड्नीलाइ असर पर्ने हुदा प्रत्येक १५-२० मिनेटको अन्तरालमा एक ग्लास पानी पिउनु होला ।
    ३. पिसाब पहेलो रङ्गको भएमा तुरुन्तै पानी पिउनु होला । पहेलो पिसाबको लक्षण डिहाइड्रेट भएको भन्ने बुझाउछ त्यसैले पानीको मात्रा बढाउनुहोला ।
    ४. उच्च रक्तचापको समस्या छैन भने खाने कुरामा हल्का नुनको मात्रा बढाउनुहोला जस्ले गर्दा शरीरले पानी ज्यादा माग्छ ।
    ५. अत्याधिक गर्मी भएमा शरीर थकावट भएमा, चक्कर आएमा वा बान्ता होला जस्तो महसुस भएमा तुरुन्तै आफ्नो सुपरभाइजरलाई खबर गर्नुहोला । केही समय आराम गर्नुहोला ।
    ६. दिनमा कम्सेकम ७/८ घन्टा सुत्नु होला ।
    ७. गर्मीको मौसममा फलफुल, सागसब्वी एबम भेज खानाको मात्रा बढाउनुहोला ।
    ८. साइटमा एक्लै काम नगर्नुहोला । कम्सेकम दुई जना अनिवार्य साथमा काम गर्नुहोला ।
    ९. ORS पानीमा मिलाएर प्रत्येक दिन एक ग्लास पिउनुहोला । साथै ग्लुकोज पानीको मात्रै बढाउनुहोला ।
    १०. मदिरा सेवन, चुरोट, खैनी, चिया लगायत शरीरलाई असर पर्ने चिज कम गर्नुहोला वा बन्द गर्नुहोला । मदिरासेवनले शरिरमा पानीको मात्रा कम गराउने हुदा शरीर डिहाइड्रेट भएर चक्कर आउने र बेहोस भएर ढल्ने संभावना हुन्छ । उक्त समयमा बेहोस हुदा हर्ट अट्ट्याकको संभावना प्रबल रहनेछ ।
    ११. सम्भबत दैनिक दुई पल्ट (बिहान बेलुका) नुहाउने गर्नुहोला । नुहाइएन भने शरीर बाट पसिना आउने साना-साना प्वाल बन्द भएर बिरामी हुने संभावना हुन्छ । साथै दैनिक प्रयोग गरिने कपडा सफा गरेर मात्रै पुनः प्रयोग गर्नुहोला ।
    १२. मानसिक तनाबबाट मुक्त हुनुहोला ।
    १३. साथै महिनामा एकपल्ट आफ्नो बिपि चेक गराउनुहोला ।

    साथै construction Health and Safety सम्बन्धि कुनै जानकारी चाहिएमा सम्पर्क गर्नुहोला ।

     

    १३९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad