BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    ‘पत्रकारहरुको बीचमा प्रजातान्त्रिक अभ्यास हुनु नराम्रो होइन’

    संसार न्यूज संवाददाताजेठ २०, २०७५

    नेपाली पत्रकारिता क्षेत्रमा पहिलेभन्दा विषयगत ज्ञान सीप भएका पत्रकारहरु आउनेक्रम बढ्दो छ । पत्रकारिताको पठनपाठन र तालिमका लागि अवसर पनि प्रशस्तै छ । तथापि पत्रकारिताको स्तर भने सोचेजस्तो गुणस्तरीय हुन सकेको छैन । पूर्णरुपमा सत्यतथ्य, वस्तुनिष्ठ, निस्पक्ष पत्रकारिता हुन चुकिरहेको देखिन्छ । पत्रकारले सामाजिक उत्तरदायित्वबाट पन्छिरहेको देखिन्छ । पैसा कमाउने लोभमा कताकता यो पेशाको महत्व बिर्सेको भान हुन्छ ।

    ताप्लेजुङको तत्कालिन हांगपांग गाविस ९ हालको आठराई त्रिवेणी गाउँपालिका वडा नं ३ मा जन्मिएका नरेश खपाङ्गी मगर पत्रकार महासंघ युकेका अध्यक्ष रहेका छन् । उनको हालको बसोबास झापाको कन्काई नगरपालिका वडा नं ३ सुरुङगामा रहेको छ । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नाकोत्तर गरेका खपाङ्गी मगरले नेपालको जेठो अखबार गोरखापत्र दैनिकबाट आफ्नो पत्रकारिता सुरु गरेका हुन् । उनले गोरखापत्रमा ८ वर्ष पत्रकारिता गरेका थिए ।
    पारिवारीक कारणले सन् २०१० मा युके गएका उनी मई १९ का दिन सम्पन्न नेपाल पत्रकार महासंघ युकेको चौथो अधिबेशनबाट दोश्रो कार्यकालका लागि पुन : अध्यक्षमा निर्वाचित भएका छन् ।  युकेबाट सञ्चालित विनेपाली डटकमका सम्पादक समेत रहेका उनै खपाङ्गी मगरसँग संसारन्युजका युके संयोजक ओम काउचा थापाले गरेको  कुराकानी ।

    पत्रकार महासंघ युकेको अध्यक्षमा पुन :निर्वाचित हुनु भएको छ कस्तो अनुभव गर्नु भएको छ ?
    म नेपाल पत्रकार महासंघ युके शाखामा स्थापनादेखि नै लाग्दै आएको छु । तदर्थ समितिको सदस्यसचिव, महासचिव, वरिष्ठ उपाध्यक्ष, अध्यक्ष र अहिले पुनः अध्यक्ष बनेको छु । अहिलेसम्म शाखालाई मैले दिएको योगदानको अनुमोदन भएको मैले महसुस गरेको छु । शाखालाई सांगठानिक रुपमा दरिलो बनाउन र एउटा व्यावसायिक संस्थाका रुपमा स्थापित मैले जे जति प्रयास गरेँ । यहाँको समुदायमाझ पत्रकार महासंघलाई एउटा सम्मानित संस्थाको रुपमा खडा गराउन जति कोसिस गरेँ त्यसको सम्मान भएको अनुभव गरेको छु ।

    अधिबेशनका बेला साथीहरुमा असन्तुष्टि देखियो नि, पत्रकारकै चुनावमा पनि यस्तो ?
    पत्रकारहरु पनि यस समाजको एउटा अंग भएकाले युकेको नेपाली समाजमा देखा पर्ने असल–खराब पक्षबाट यो उति टाढा छैन । अरुलाई आदर्श सिकाउने, नैतिकताको मूल्यमान्यताको पाठ पढाउने पत्रकारहरुको चुनावमा यस्तो नभैदिए हुन्थ्यो भन्ने अपेक्षा गलत होइन, तर फेरि पत्रकारहरुको बीचमा प्रजातान्त्रिक अभ्यास हुनु पनि अन्यथा होइन । चुनावका बेला विगतमा पनि यस्ता घटना हुन्थे फरक यत्ति हो यसपटक अलि सतहमा बढी आयो । तथापि त्यो अधिवेसनको दिनसम्मलाई थियो र अधिवेसनले एउटा नेतृत्व चयन गरिसकेपछि अहिले हामी सबै एकवद्ध भएका छौँ ।

    युकेमा पत्रकारिता क्षेत्रमा लागेका व्यक्तिहरु कतिको संख्यामा पाउनु भएको छ ?
    युकेमा पूर्णकालिन पत्रकारितामा एकाध साथीहरु मात्र लाग्नुभएको छ । बाँकी धेरै आंशिक समय मात्र दिन पाउने अवस्था छ । कारण पत्रकारितामा नै पूर्णकालिन भएर जीविकोपार्जन हुन नसक्ने अवस्था नै हो । अहिले शाखामा आवद्ध साथीहरुको संख्या ९७ पुगेको छ ।
    यहाँको भावी योजनाहरु के–के छन् र असन्तुष्ट साथीहरुलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
    मैले, मेरो चुनावी प्रतिवद्धतापत्रमा नै उल्लेख गरिसकेको छु कि गत वर्ष च्यारिटी गरेर उठाइएको रकमलाई व्यवस्थित बनाउने मेरो पहिलो प्रयास हुनेछ । यससँगै विगतमा नेपाली समुदायबाहिर महासंघको सम्बन्ध र सम्पर्क विस्तार गर्ने जुन प्रयास भयो त्यसलाई विस्तार गर्नेछु । शाखामा आवद्ध सदस्य साथीहरुको क्षमता अभिवृद्धिका लागि तालिम आदि आयोजना गरिने छ । बेलायतमा उपलब्ध प्रविधि र जनशक्तिको प्रयोगबाट नेपालमा कार्यरत पत्रकार साथीहरुको क्षमता अभिवृद्धिका लागि कोसिस गर्नेछु ।


    जहाँसम्म असन्तुष्ट साथीहरुको प्रश्न छ मैले माथि नै उल्लेख गरिसकेँ अधिवेसनबाट नयाँ नेतृत्व चयन भैसकेपछि अब हामीकहाँ असन्तुष्टि छैन ।

    पहिलो कार्यकालमा युकेमा रहेका पत्रकारहरुको हितमा के–के काम गर्नु भयो ?
    पत्रकार र युकेमा रहेका नेपालीहरुलाई आपद पर्दा सहयोग गर्न एक आकस्मिक कोष खडा गर्न च्यारिटी डिनरको आयोजना गरी करिब ३० लाख रुपियाँ वचत गरेका छौँ । नेपाली समुदायबाहिरबाट प्रशिक्षकहरु ल्याएर हाम्रा सदस्यहरुलाई तालिम, प्रवचन दिलाएका छौँ । सदस्यहरुको क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठी, अनुभव आदानप्रदान कार्यक्रम गर्यौँ । बोर्नमाउथ विश्वविद्यालयको मिडिया स्कुल र पार्लियामेण्टको भ्रमण गरायौँ ।

    सामाजिक रुपमा पनि नेपालका पत्रकारहरुका लागि केही गर्नु भयो की ?
    नेपालमा आपद्मा परेका पत्रकारहरुका लागि हामीले स्थापनाकालदेखि नै सहयोग गर्दै आएका छौँ । यसबाहेक गैरआवासीय नेपाली अभियानमा नेपालबाट कलम चलाउने पत्रकारहरुलाई पुरस्कृत गर्न गैरआवासीय नेपाली महासंघ युकेसित मिलेर एक पत्रकारिता पुरस्कारको पनि स्थापना गरेका छौँ । मेरो कार्यकालमा पनि दिवंगत पत्रकार कर्ण बोहराको परिवारलाई आर्थिक सहयोग उठायौँ ।

    नेपाल र नेपालीका लागि अबको पत्रकारिता कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
    पत्रकारिता क्षेत्रमा छोटो समयमै तीव्र परिवर्तन आएको छ । नेपाली पत्रकारिता मात्र होइन विश्वमै पत्रकारिता क्षेत्रमा यस्तो बदलाब देखिएको छ । नेपाली पत्रकारिता क्षेत्रमा पहिलेभन्दा विषयगत ज्ञान सीप भएका पत्रकारहरु आउनेक्रम बढ्दो छ । पत्रकारिताको पठनपाठन र तालिमका लागि अवसर पनि प्रशस्तै छ । तथापि पत्रकारिताको स्तर भने सोचेजस्तो गुणस्तरीय हुन सकेको छैन । पूर्णरुपमा सत्यतथ्य, वस्तुनिष्ठ, निस्पक्ष पत्रकारिता हुन चुकिरहेको देखिन्छ । पत्रकारले सामाजिक उत्तरदायित्वबाट पन्छिरहेको देखिन्छ । पैसा कमाउने लोभमा कताकता यो पेशाको महत्व बिर्सेको भान हुन्छ । त्यसैले पत्रकारिताको आधारभूत मर्मलाई पूर्णरुपमा समातेर, पत्रकारिताको आचारसंहिता भित्र रही नैतिक मूल्यमान्यतासहितको पत्रकारिता गर्नु नै आजको आवश्यकता हो ।

    पत्रकार महासंघ युकेको अध्यक्ष भएको नाताले तपाइको नजरमा युकेमा रहेका नेपालीको अवस्था कस्तो छ ?
    युकेमा रहेका नेपालीलाई धेरै भागमा वर्गीकरण गर्नुपर्ने देखिन्छ । पहिलो पुस्ताका नेपालीहरु जो नेपालमै बयस्क भएर युके आए उनीहरुको अवस्था बढी नेपालकै बारेमा चिन्ता गर्दैमा बितेको पाउँछु । तर दोस्रो पुस्ताका नेपालीहरुको भविष्य युकेमा अलि राम्रो देखिन्छ । उनीहरुले विभिन्न क्षेत्रमा आफ्नो तरक्की पनि देखाउन थालेका छन् । उनीहरुप्रतिको चुनौती भनेको उनीहरुलाई आप्mनो मूलथलो र त्यहाँको भाषा, सँस्कृतिप्रति कसरी आकर्षित गर्ने भन्ने देखिन्छ ।

    नेपालको पर्यटन प्रवद्र्धन तथा आर्थिक समृद्धिमा योगदान पु¥याउनका लागि युकेमा रहेका पत्रकारहरुको भूमिका कस्तो हुनुपर्ला ?
    युकेमा रहेका नेपाली र नेपाली पत्रकारहरु आफैँमा एउटा नेपालीको अवैतनिक दुत जस्ता हुन् । आप्mना साथीसँगी, आपूm कार्यरत संस्थाका सहकर्मी र अरुसित उनीहरुले नेपालको संस्कृति तथा पर्यटनका बारेमा जानकारी दिलाउन सक्छन् । वर्षमा कम्तीमा एकजनालाई नेपाल घुम्न पठाउन सक्छन् अहिले वार्षिक करिब ४० हजार ब्रिटिश नेपाल घुुम्न आउँछन् । यदि युकेमा रहेका नेपालीले एकजना मात्र पर्यटक नेपाल घुम्न पठाउने हो भने त्यो संख्या दुगुना हुन्छ । त्यसैले औपचारिक, अनौपचारिक माध्यमबाट, लेखेर होस् वा बोलेर नेपालको पर्यटनका विभिन्न आयामका बारेमा सही सूचना दिनु नै यहाँका पत्रकारहरुको दायित्व हो ।

    ४१४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad