BizPati

  • Ad
  • आज : २०७५ आषाढ ६ गते
    Headlines :
    Ad

    प्रियतमा

    दीपेन्द्र उपाध्याय, बिजौरी दाङ्ग नेपाल, हालः दिल्ली भारतजेठ २२, २०७५

    प्रियतमा प्रिय शब्द भएन कि ?
    प्रियतमा उपयुक्त रहेन कि ?
    प्रियतमा जब भन्छु रिसाउँछ्यौं
    प्रियतमा नभनेर म के भनौं ?

    नजरदेखि तिमी जब दूर छ्यौ
    तब हुरी मनभित्र चलाउँछ्यौ
    नजिक बस्न तिमी जब आउँछ्यौ
    तब हुरी मनभित्र चलाउँछ्यौ

    प्रियतमा ! म यहाँ नभए पनि
    प्रिय तमाम यहाँ नभए पनि,
    मन भए पनि आउन सक्दछ्यौ
    म नभए पनि आउन सक्दछ्यौ

    चमकदार मुहार छ सुन्दर
    सरमदार मुहार मनोहर
    अनुपमा रुपमा उपमा भरूँ
    नजर हट्न सकेन कसो गरूँ

    सुमनको मनको मधुझैं कुरा
    कति नशालु छ लोचनको सुरा
    कुसुम छैन कुनै न शशी पनि
    यति मनोहर योवनको धनी

    इति

    चर्चित छन्द कवि दिप्रन्द्र उपाध्याय छन्द अलङ्कारका सम्पादक हुनुहुन्छ । – सम्पादक

    १८४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad