BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    प्रेम

    डम्बर वस्ती, हेमिल्टन अोन्टारियो क्यानाडाजेठ २३, २०७५


    प्रेम शब्द अत्यन्त गहकिलो छ
    यसको शब्दिक अर्थ पनि धेरै प्रकारले लगाएको पाइन्छ
    अझ भव त सगर भन्द गहिरो छ
    भन्छन् भाषाविदहरु –
    मेरो पनि प्रेम शब्दको अर्थप्रति पूर्ण सहमत छ
    अझ म त के भन्छु भने
    “प्रेम” एउटा महाशस्त्र हो
    यो भावनत्मक हुन्छ
    चित्रांकित हुन्छ
    प्रेम शाश्वत हुन्छ
    प्रेम पवित्र हुन्छ
    तर प्रेम अन्धो पनि हुन्छ
    अझ बढी त व्ववहारिक हुनु पर्दछ
    मनिसको अत्यन्तै न्युन शंख्या होला
    जो यस शब्द प्रति अनविज्ञता प्रकट गरोस्
    जनावरले पनि बच्चा जन्मिएदेखि नै
    प्रेम गर्छ र गर्न सिकाउँछ पनि
    मनिसले त झनै —
    नाभी कट्न नभ्याउँदै चुम्मा गर्दछ र
    अगाध प्रेम प्रकट गर्दछ
    प्रेम अचम्मकै हुन्छ
    अपरिभाषिक छ
    अवर्णनीय छ
    छ त केवल बिचित्रता
    प्रेमको यथार्थ अनुभूति त उसले गर्दछ
    जो प्रेम पंचमा रुमलिएको छ
    प्रेम पारखीहरू भन्छन्
    प्रेमको गहिराइमा पुग्नलाई त
    न त मुना मदन सकेको छ
    न त रोमियो र जूलियट नै
    अखिर उही प्रेम हो
    कसैलाई जीवन भर खुसी बनाउँछ
    कसैलाई दुःखैदुःखको खाडलमा जकाउँछ
    अनि कसैलाई त –
    आत्मा हत्याको बाटो अपनाउँदछ
    हो, प्रेम प्रपञ्च नै हो
    मान्छेको जीवनको लगाम यसको हातमा छ
    वास्तवमै प्रेम अचम्मकै हुन्छ
    कसैलाई धनाड्य बनाउँछ त
    कसैलाई कँगाल बनाउँछ
    परिपक्व प्रेम सफलताको प्रतिक हो
    यद्यपि अपरिपक्व प्रेम र
    शारीरिक आकर्षणको पृष्ठभूमिबाट मौलएको प्रेम
    जीवनको असफलता र तगारो पनि बन्दछ
    र अन्त्यमा हत्याको दिशा निर्देश गर्दछ
    त्यस कारण जति गहिरो छ
    उतिनै पवित्र पनि हुनुपर्दछ
    तर आजभोलि आधुनिकताको
    खोक्रो पराकाष्टाभित्र मान्छेहरु हराइरहेकाछन्
    प्रेमको नाममा कलंक फैलाइरहेकाछन्
    झूटको खेतीमा प्रेमको व्यापार गरिरहेकाछ्न्
    प्रेमको पछिल्लो रूप बलात्कार र हत्या पनि हुन थालेकोछ
    प्रेमको नाममा पाशविक व्यवहार हुँदैछ
    अनि भावी सन्ततिले के सिक्लान् ?
    आजको यो विकराल परिस्थितिबाट
    यस प्रति सच्चा प्रेम पुजारीहरूले सोच्ने दिन आको छ

    इति

    ५४२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad