BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    प्रधानमन्त्रीज्यू बिमा समिति र बिमा कम्पनीहरुलाई कार्वाही गरियोस्

    संसार न्यूज संवाददातामहेश श्रेष्ठजेठ २३, २०७५

    सम्माननीय प्रधानमन्त्री ज्यू
    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
    नेपाल सरकार

    विषयः– प्रधानमन्त्री ज्यूको निर्देशनलाई वेवास्ता गर्ने बिमा समिति र बिमा कम्पनीहरुलाई कार्वाही गरियोस् ।

    सम्माननीय ज्यू
    वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित एवं मर्यादित बनाउने प्रयत्न स्वरुप मिति २०७३/१०/११ मा तत्कालिन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूले वैदेशिक रोजगार (म्यादी) जीवन विमालेख अन्तर्गत घातक रोगहरु १५ प्रकारका समावेश गरी २०७३/१०/१५ गतेदेखि पुरक करार गर्न निर्देशन गर्नु भएको र सो निर्देशनमा “उल्लेखित मिति अघि नै बीमा गरिसकेका तर म्याद नसकिएका नागरिकहरुले घातक रोग र बीमाको पछिल्लो व्यवस्था बमोजिम रक्षावरणको सुविधा लिन चाहेमा समानुपातिक थप शुल्क बुझाएर लिन सकिने व्यवस्था गरिएको छ ।”

    “२०७३/१०/११ देखि २०७४/०१/११ सम्म वैदेशिक रोजगारमा रहेका कुनै नागरिकको बीमा नविकरण नहुँदै मृत्यु, अंगभंग वा बिमारी लगायत बीमा दावी गर्न योग्य क्षति पुगे बीमाले स्वतः रक्षावरण गर्नेछ ।”

    “बीमा कम्पनीहरुले बीमकको परिवारको समेत चालु फोन नं। राख्ने र म्याद गुज्रनु अगावै नविकरण गर्न सूचित गर्ने व्यवस्था अनिवार्य गर्ने व्यवस्था मिलाउन बीमा समितिलाई निर्देशित गरिएको छ । साथै बीमा प्रदायक संस्थाहरुले बीमकलाई कम्तीमा ३० दिनभित्र कम्तिमा तीन पटकसम्म मौखिक जानकारी दिई बीमा नविकरण गर्न सूचित नगरेको अवस्थाबाट बीमा फेल भएमा र बीमकले क्षतिपूर्ति तथा राहत पाउनबाट बञ्चित भएमा सम्बन्धित बीमा कम्पनी नै जवाफदेही हुनेछ ।”

    लगायतका व्यवस्था र नीति रहेकोमा सो बमोजिमको सुविधा प्रदान गर्न बीमा कम्पनीहरुले वैदेशिक रोजगारमा रहेका बीमक (विमित)हरुलाई हालसम्म कुनै सुचना र जानकारी नगराई सम्माननीय प्रधानामन्त्री ज्यूको निर्देशनलाई वेवास्ता र उल्लंघन गरेका छन् । त्यसैगरी बीमा समितिले समेत सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशनलाई सामान्य जानकारी मात्रै गराएर झारोटारेको छ, ती बीमा कम्पनीहरुले निर्देशन बमोजिम कार्य गरे नगरेको कुनै अनुगमन गरेको छैन  सम्माननीय प्रधानमन्त्रीज्यू बीमा समिति र बीमा कम्पनीहरुका कारण वैदेशिक रोजगारमा रहेका लाखौं नागरिकहरु नेपाल सरकारले प्रदान गरेको बीमा सम्बन्धी सेवा, सुविधा र अधिकार प्राप्त गर्नबाट बञ्चित भएका छन् । नेपाल सरकारको नीति निर्देशनलाई वेवास्ता र उल्लंघन गर्ने बीमा समिति र बीमा कम्पनीहरुलाई कार्वाही गरि वैदेशिक रोजगारमा रहेका नागरिकहरुलाई बीमा सम्बन्धी सेवा, सुविधा र अधिकार उपलब्ध गराउन हुन अनुरोध छ ।

    महेश श्रेष्ठ
    अन्तर्राष्ट्रिय संयोजक

    बोधार्थः
    १) भूतपूर्व सम्माननीय प्रधानमन्त्री ज्यू, पुष्पकमल दाहाल ‘प्रचण्ड’
    २) गृह मन्त्रालय काठमाडौं, नेपाल
    ३) परराष्ट्र मन्त्रालय काठमाडौं, नेपाल
    ४) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय काठमाडौं, नेपाल
    ५) बीमा समिति काठमाडौं, नेपाल

    २५५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad