BizPati

  • Ad
  • आज : २०७५ आषाढ ९ गते
    Headlines :
    Ad

    बादर नियन्त्रण गर्न ३० लाख खर्च बजेट

    संसार न्यूज संवाददाताजेठ २४, २०७५

    २४ जेठ, काठमाडौं । बादरले बाली सखाप पारेको गुनासो चुलिएपछि महाशिला गाउँपालिकाले बजेट छुट्याएरै योजना अघि सारेको छ । गाउँपालीकाको दोश्रो गाउँसभाले मंगलबार बादर नियन्त्रणको संकल्प प्रस्तावसहित ३० लाख को योजना पारित गरेको हो ।
    सबै वडामा बादर आतंक बढेको भन्दै जनप्रतिनिधिले नियन्त्रणका लागि हस्ताक्षर सहित गाउँसभामा संकल्प प्रस्ताव शतप्रतिशतले पारित गरेको गाउँपालिकाका अध्यक्ष राजु पौडेलले बताए । ‘किसानका मागको आधारमा संकल्प प्रस्ताव आएको हो,’ पौडेलले भने, ‘शतप्रतिशतबाट पास भयो । अब कार्यान्वयन चरणमा जान्छौं ।’ महाशिलाका सबै वडामा बाँदरले हैरान परेपछि किसानले पनि नियन्त्रणको माग राख्दै आएका थिए ।
    भोक्सिङ, लुंखु, बालकोट, पाखापानी, र होश्रांङदीमा बाँदरले मकै कोदो, गहुँ, धान, फलफूल र तरकारी बाली सखाप पारेको किसानले बताएका छन् । आजको कान्तिपुर दैनिकबाट

    ३७३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad