BizPati

  • Ad
  • आज : २०७५ आषाढ ९ गते
    Headlines :
    Ad

    ईराक-कुवेत-ईराक गाडी चलाउने नेपाली ड्राइभरलाई एम्बेसीको पत्र

    संसार न्यूज संवाददाताजेठ २४, २०७५

    ईराक–कुवेत–ईराक गाडी चलाउने नेपाली ड्राइभरहरुलाई नेपाली दूतावास कुवेतले सजग हुन आग्रह गरेको छ ।
    ईराक–कुवेत गाडी चलाउने क्रममा इराकबाट फर्कदा clearance का लागि लामो समय कुनुपर्ने र सोहि समयमा ड्रग्स कारोबारीहरुले सवारी साधनमा सवारी चालकले थाहा नपाउने गरी ड्रग्स राखेर कुवेत पठाउने गर्दा धेरै नेपाली सवारी चालकहरु लागूपर्दाथ कारोबारको अभियोगमा पक्राउ परेको जनाएको छ ।
    दूतावासले यस्तो आरोपबाट बच्नका लागि कुवेत–इराक–कुवेत सवारी चलाउदा क्लिरियन्स गर्ने बेलामा लाइनमा बस्दा तथा सवारी पार्क गर्दा अत्यन्त सजग हुन आग्रह गरेको छ ।

    दूतावासले जेठ २२ गतेका दिनजारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘कुवेत–इराक–कुवेत रुटमा सवारी चलाउने सवारी चालकहरुबाट इराकबाट कुवेत फर्किने क्रममा सवारी साधन पार्क गरेको समयमा वा clearance को लागि लामो समयसम्म क्यूमा बसेको समयमा त्यहाँका लागूपदार्थ (Drugs)   का कारोबारीहरुले सवारी चालकहरुले थाहा नपाउने गरी सवारी साधनका बिभिन्न स्थानमा लागूपदार्थ राखिदिने गरेका कारण कुवेत प्रवेश गरिसकेपछि उक्त सवारी साधनको चेकजाँच ( Screening) को क्रममा समातिने र लागूपदार्थको कारोबार गरेको अभियोगमा सजाय भोग्नुपर्ने बाध्यता आइलाग्ने जानकारी प्राप्त भएको छ । अतः कुवेत–इराक–कुवेत रुटमा सवारी चलाउने नेपाली सवारी चालकहरुले सवारी साधन पार्क गरेको समयमा वा अभिबचबलअभ को लागि लामो समयसम्म क्यूमा बसेको समयमा हरसमय अत्यन्त सजग भएर आफ्नो सवारी साधनमा लागूपदार्थ म्चगनक राख्न नदिन र लागूपदार्थ कारोबार गरेको अभियोगमा पक्राउमा परी सजायको भागीदार बन्नबाट बच्न सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’

    १४१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad