BizPati

  • Janata Bank

  • आज : २०७५ माघ ४ गते
    Headlines :

    गजल ५९

    विवश बलिभद्र कोइराला, चुलाचुली इलाम नेपाल जेठ २५, २०७५

    नबिझुञ्जेल फूलजस्तै काँडा पनि जाति हुन्छ
    नपड्कुञ्जेल कलमजस्तै बन्दुक पनि साथी हुन्छ

    नहेपियून् हल्लाहरूले थिचिएका आवाजहरू
    सीमा नाघेपछि माया सोचेभन्दा घाती हुन्छ

    समयले चाह्यो भने हूललाई एक्ल्याएर
    आज एक्लै हुनेसँग भोलि लाखको ताँती हुन्छ

    अन्याय र अत्यचारले जब घरको दलिन टेक्छ
    विद्रोहको ज्वालामुखी फुट्छ नानाभाती हुन्छ ।

    इति

    ३७६ पटक
    प्रतिकृया दिनुहोस्