BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन २९ गते
    Headlines :
    Ad

    मूलुकको आर्थिक परिदृश्य सकरात्मक तर चुनौती धेरै– राष्ट्र बैंक

    संसार न्यूज संवाददाताजेठ २५, २०७५

    rastra-bank

    चालु आर्थिक वर्ष २०७४÷७५ मा मुलुकको समग्र आर्थिक वृद्धिको परिदृष्य सकारात्मक रहने राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको अर्धवार्षिक आर्थिक गतिविधि प्रतिवेदन अनुसार मूलुकको समग्र आर्थिक गतिविधिहरु सामान्य रहने उल्लेख गरिएको छ । राष्ट्र बैंकले आर्थिक कृषि लागतहरुको सहज आपूर्ति तथा बढ्दो व्यवसायीकरणका कारण समग्र कृषि क्षेत्रको उत्पादन वृद्धिदर सामान्य रहने प्रक्षेपण गरेको छ ।
    यसैगरी, यस वर्ष विद्युत आपूर्तिमा सुधार आएको तथा निर्माणजन्य गतिविधिमा विस्तार भएस“गैे औद्योगिक क्षेत्रको उत्पादन वृद्धिदरमा सुधार आउने र सन्तोषप्रद रहने देखिएको छ । पर्यटक आगमनमा भएको वृद्धि, स्थानीय तहमा भौतिक तथा प्रशासनिक पूर्वाधार लगायत विविध सेवा प्रदान गर्न लाग्ने खर्चमा हुने वृद्धिबाट सेवा क्षेत्र विस्तार हुने राष्ट्र बैंकको आंकलन छ ।
    आर्थिक वर्ष २०७४÷७५ को पहिलो छ महिनामा उद्योगको उत्पादन क्षमता बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै उद्योगहरुले कुल उत्पादन क्षमताको औसतमा ५८.० प्रतिशत उपयोग गरेका छन् । यसै गरि यस अवधिमा घर जग्गा कारोबारको संख्या र सोको राजश्वमा उल्लेख्य कमी आएको छ । घर–जग्गा रजिष्ट्रेशन संख्या २०.५ प्रतिशत तथा रजिष्ट्रेशन वापतको राजस्व संकलन २१.५ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
    यसै गरि समिक्षा अवधिमा बैंक तथा वित्तिय संस्थाहरुको निक्षेप तथा कर्जामा वृद्धि देखिएको छ । यसअवधिमा सेवा क्षेत्रतर्प यातायात तथा सञ्चार क्षेत्रको विस्तार बढ्दै गएको उल्लेख गरिएको छ ।
    मुलुकको समग्र आर्थिक परिदृष्य सकारात्मक रहेता पनि कृषि, उद्योग र सेवा क्षेत्रमा अभैm चुनौतीहरु विद्यमान रहेको राष्ट्र बैंकले जनाएको छ ।

    ४६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad