BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    साइप्रसमा रहेका नेपालीलाई दूतावासको अनुरोध

    संसार न्यूज संवाददाताजेठ २५, २०७५

    साइप्रसमा रहेका नेपालीहरुलाई नेपाली दूतावास तेल अविव इजरायलले कन्सुलर सेवा प्रदान गर्ने भएको छ ।

    गैरआवासीय नेपाली संघ साइप्रसको सहकार्यमा  दूतावासले  उक्त सेवा प्रदान गर्न लागेको  विज्ञप्तिमार्फत जनाएको छ ।

    दूतावासले  साइप्रसमा कार्यरत  नेपाली श्रमिकको समस्या  अध्ययन गर्न, समस्या समाधानका लागि नेपाली श्रमिकसँग सम्बन्धीत स्थानीय बैदेशिक रोजगार एजेन्सीहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्न र साइप्रसका विभिन्न  स्थानमा कार्यरत नेपाली नागरिकलाई  कन्सुलर सेवा प्रदान गर्न नेपाली दूतावास इजरायलबाट टोली  जाने  पनि दूतावास द्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

    यसैबीच  गैरआवासीय नेपाली संघ साइप्रसका अध्यक्ष सुवास मल्लले  उक्त दिन  उपस्थितिको लागि अनुरोध गरेका छन् ।

    यस्तो छ अध्यक्ष मल्लले जारी गरेको सूचना

    नेपाली राजदुतावास इजरायल ,तेलअविवको एक टोली साइप्रसमा रहेका नेपाली हरूलाई कानसूलर सेवा दिन मिति – २०१८/६/८ देखी २०१८/ ६/ १२ सम्म का लागी आउदै हुनुहुन्छ । साइप्रसमा रहनुहुने students र house maids हरुले आफुलाई परेको समस्याको बारेमा छलफल गर्नको लागि यहि आउदो शनिबार निकोसिया अमेरिकन कलेजको छेउमा रहेको safe house office building मा छलफल कार्यक्रम रहेको र आइतबार को दिन लिमासोलको भेटघाटमा छलफल कार्यक्रम रहेको जानकारी गराउन्छौ ।
    ***साइप्रसबासि नेपालीले पाउने सुबिधा – एम आर पी पासपोर्ट बारेमा , कागजात प्रमानीकरण सम्भंधित कामहरु , अन्य सेवा –
    साइप्रसमा रहेका नेपाली कामदारहरु , बिधार्थीहरुको समस्या तथा समाधान का लागि छलफल कार्यक्रम रहेको छ , सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनिहरुलाइ उपस्तिथीका लागि हार्दिक अनुरोध गर्दछु ।

    निकोसियाको लागि समय :- 10 देखि 2 बजे सम्म ।
    Address – Near to American College
    Nepali safe house office
    Date – 9/6/2018 – Saturday

    लिमासोलको लागि समय :- 11 देखि 3 बजे सम्म ।
    Address – Nepali vhetghat resturant , Limasol
    Date – 10/6/2018

    Date – 11/6/2018 Monday
    Time – 11:00am -1:30 pm
    Hon. Consul Dr Ram jeewan Panjiyar -99666401 Nepalese Honorary Consulate in Nicosia, Cyprus
    Stavrou Avenue 71
    Office B001, 1st Floor
    2035 Strovolos
    Nicosia
    Cyprus

    जानकारीका लागी सम्पर्क —
    सुबाश मल्ल – ९६७५१३७८
    अन्तेश राउत – ९७ ८५६६९०

    एन आर एन ए साइप्रस परिवार

    १२४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad