BizPati

  • Ad
  • आज : २०७५ आषाढ ९ गते
    Headlines :
    Ad

    मना कार्कीको हत्या सुनियोजित – दलित सञ्जाल बहराइन

    संसार न्यूज संवाददाताजेठ २६, २०७५

    २६ जेठ, काठमाडौँ । दलित एकता सञ्जाल नेपाल बहराइनले मना कार्कीको हत्यालाई सुनियोजित भनेको छ । सञ्जाल बहराइनका संस्थापक नारायण रपाल विश्वकर्मा र अध्यक्ष पदम विश्वकर्माले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गदै कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका वार्ड नं ९ की निर्वाचित महिला वडा सदस्य समेत रहेकी मना कार्कीको निर्घाट कुटपिट सहित हत्या भएको घटनालाई भवितव्य नभई सुनियोजित भएको बताएको छ । कार्कीको हत्याले दलित समुदायलाई मात्र नभएर समग्र नेपालीलाई स्तब्ध बनाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    घटनापछि मुद्धालाई कमजोर बनाउने षड्यन्त्र भैरहेको भन्ने सुन्नमा आएको जनाउँदै घोर आपत्ति जनाउँदै दलित समुदाय, दलित अधिकारकर्मी मानवअधिकारकर्मी, कानुनविद् लगायत सम्बन्धीत सबै सरोकार नियकालाई सचेत रहन भनिएको छ ।

    “देशमा थुप्रै परिवर्तन हुँदै आज संघीय शासन कार्यान्वयनमा आइपुग्दा समेत पनि समाजमा जातिय छुवाछुत र विभेद जस्ता जघन्य मानविय अपराधबाट मुक्त हुन नसकेको” विज्ञप्तीमा उल्लेख छ । भनिएको छ “दलित भएकै कारण बाँच्न पाउने अधिकारबाट वन्चित गरिनु जो कोही नेपालीका लागि दुर्भाग्यपूर्ण कुरो हो । ”

    सञ्जालले घटनामा संलग्न अपराधीलाई कडा कार्वाही गरी पीडितलाई न्याय दिलाउन दलित अधिकारकर्मी, मानवअधिकार कर्मी, दलित संघसंस्था, राजनीतिक दल तथा सरोकारवाल निकायको ध्यानाकर्षण गरेको छ ।

    १०४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad