BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन २९ गते
    Headlines :
    Ad

    बैंकर्सहरु भन्छन् सिसिडी रेसियोको प्रावधान हटाउ

    संसार न्यूज संवाददाताजेठ २७, २०७५

    रास्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले सरकारको बित्तिय नीतिलाई समर्थन तथा मुद्रास्फीतिलाई नियन्त्रणलाई केन्द्रमा राखेर आगामी आर्थिक बर्सको मौद्रिक नीति ल्याईने बताएका छन् ।

    म्यानेजमेन्ट एशोशिएसन नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर नेपालले सो कुरा बताएका हुन् । गभर्नर नेपालले पछिल्लो दुई बर्समा मुलुकको आर्थिक वृद्धिले गति लिएको बताउदै बजेटले तार्गेट गरेको आर्थिक वृद्धि तथा कार्यक्रमको सेवा प्रबाहलाई सहज बनाउने गरि मौद्रिक नीति आउने बताए । उनले विकसित मुलुकको वित्तिय प्रणालीलाई आत्मसात गर्दै वित्तिय संस्थालाई प्रबिधी मैत्री बनाउनु पर्ने धारणा गरे ।

    कार्यक्रममा बोल्दै नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले मौद्रिक नीतिले पुँजी परिचालनको सिमालाई बढाउनु पर्ने बताए । उनले मौद्रिक नितिमा भएको सिसिडी रेसियोको प्राबधानले कर्जा परिचालनमा समस्या देखिएको बताउदै यसलाई हटाउन सुझाब दिए । उनले यसै बर्स देखि रास्ट्र बैंकले विदेशबाट कर्जा ल्याउन अनुमती दिए पनि भुक्तानी प्रणालीमा देखिने समस्या न्यूनीकरणको लागि हेजिङ सम्बन्धि ब्यबस्था ल्याउन माग गरे ।

    कार्यक्रममा रास्ट्र बैंकका पुर्ब गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले मौद्रिक नितिले ब्याजदर वृद्धिको समस्यालाई बिशेष सम्बोधन गरिनु पर्ने धारणा राखे । उनले बैंकहरुसँग तरलता प्रयाप्त हुँदा ७% ब्याजदरमा कर्जा परिचालन गरेको तर हाल आएर ब्याजदर बढाउनु कानुनसंगत नभएको तर्क गरे ।

    ५८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad