BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    समयको प्रतिफल

    हरिप्रसाद रिमाल,चारआली झापा नेपालजेठ २८, २०७५

    छोरो ब्यस्त सधै जुवा र मदिरा कन्या कुमारीहरू
    साथैमा मदमस्त छन् हरघडी छोरी कता छन् अरु
    थाहै हुन्न कता छ बास यिनको झुत्रे भई बस्दछु
    यस्तै पाठ सिकाइएछ पछुतो लाग्दै छ धिक्कार्दछु

    माता पूज्य हुने सुसँस्क्रिति सबै पाश्चात्य सँस्कारले
    खायो नम्रपना र उग्र रुपले छायो कुसँस्कारले
    भत्क्यो बाँध सबै बिथोलिन गयो पूर्वीय सँस्कार यो
    लागौँ यो मनले सबै सुरसिलो पारौँ भताभुङ्ग भो

    देख्नै हुन्न कुमारले मखमली बान्की परेका जति
    राम्रो यौवन माझ जीवन सधैँ फुल्ने र फल्ने गति
    सोच्दै नेत्र दुवै झिमिक्क सबका ताक्ने जहाँ अङ्गना
    यस्तै कार्य सधैँ गरेर सबका नौला सधैँ तिर्सना।

    मौलायो अब गाउँमा चहकिलो पाश्चात्य भाका सब
    जीब्रो चट्ट तिखारियो महकले यस्तै छ बेला अब
    हाम्रो चिन्तन भासियो सहज नै नौला लिई तीर्सना
    यस्तै चिन्तन झाँगिदा यसघडी लाग्यौँ सबै बिर्सन।।

    हाम्रा पूर्वजको विशाल महिमा फ्याँके सबैले अब
    छन् पाश्चात्य जमातका सुरसिला भाका जुटाई सब
    ल्याएथे बटुलेर संस्कृति यहाँ पूर्खाहरूले सबै
    मास्यो आङ्गल टोनले सब कुरा मुन्टो बटारी सधैँ।।

    भाषा संस्कृति भेष प्रेम सब यी उन्कै अरे सभ्यता
    भन्छन् जान्दिन बोल्न के अब गरूँरु बित्यासमा छु म ता
    छोरो बोल्छ पिएर डार्लिङ तिमी मेरी मुटू प्यार दे
    छोरीको पनि हाल चिन्तन सबै देख्दै गलेँ लाजले।।

    यस्तै चिन्तन झाँगियो सब भयौँ नाङ्गा कुसँस्कारले
    जालैजाल जताततै अब भयो नाङ्ग्यौँ यिनै चालले
    बाबा भाइ र दाजु शब्द सब यी पाइन्न भागे गुरु
    डेडी सिस्टर मामुमा अब गयो पाइन्न भन्नै गुरु।।

    पानी वाटरमा गयो गुरु गए भन्छन् सबै मास्टर
    सारा वैद्य मिले गएर सहजै राम्रा भने डक्टर
    गाडी चालक छन् सबै गुरु यहाँ भन्छन् म हूँ ड्राइवर
    बुझ्नै मुस्किल शब्दजाल कसरी हाम्रो भयो काँतर।।

    खाजा सुत्न गएछ ब्रेक त्यसमा फाष्टै लगाइदिए
    राम्रो सभ्य सभा बिथोल्न यिनले मिटिङ् बनाइदिए
    मोर्निङ् वाक भयो प्रभात अहिले सृङ्गार मेकप् भई
    भत्के शब्द सबै गए अब कता रु चिन्ता रसायो यही।।

    बेलैमा अब बुझ्नु पर्छ सबले भाषा भुले दुर्गति
    हाम्रो हुन्छ सदैव चिन्तन गरौँ राम्रो बनाअौँ मति
    अर्काको घर हुन्न सुन्दर सदा त्यो फेनझैँ फुट्दछ
    आफ्नै पौरखको छ सानु झुपडी हाँस्नु त्यहीँ पर्दछ।।
    १०

    ३३९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad