BizPati

  • Ad
  • आज : २०७५ आषाढ ९ गते
    Headlines :
    Ad

    नगरपालिका प्रमुखको तलब मासिक रु ३५ हजार

    संसार न्यूज संवाददाताजेठ २८, २०७५

     

    २८ जेठ, बुटवल । प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रदेशअन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

    प्रदेशसभाको जेठ १६ गते बसेको बैठकले विधेयक पारित गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव सनतकुमार दवाडीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण भएपछि अब स्थानीय तहका जनप्रतिनिधिलाई दिइने सेवा सुविधाको टुङ्गो लागेको छ ।
    प्रदेशसभा बैठकले पारित गरेअनुसार प्रदेश ५ का स्थानीय तहका जनप्रतिनिधिमध्ये जिल्ला समन्वय समितिका प्रमुखको मासिक तलबभत्ता रु ४१ हजार, उपप्रमुखको रु ३६ हजार र सदस्यको रु १६ हजार, उपमहानगरपालिका प्रमुखको रु ४० हजार, उपप्रमुखको रु ३५ हजार, वडाध्यक्षको रु २६ हजार, कार्यपालिका सदस्यको रु १५ हजार र वडा सदस्यको रु नौ हजार हुनेछ ।

    त्यस्तै नगरपालिका प्रमुखको मासिक रु ३५ हजार, उपप्रमुखको रु ३० हजार, वडाध्यक्षको रु २५ हजार, कार्यपालिका सदस्यको रु १३ हजार, सदस्यको रु आठ हजार र गाउँपालिकाका अध्यक्षको मासिक रु ३० हजार, उपाध्यक्षको रु २७ हजार, वडाध्यक्षको रु २० हजार, कार्यपालिका सदस्यको रु १२ हजार र सदस्यको रु सात हजार हुनेछ । यसबाहेक मासिक तलबभत्ताका अतिरिक्त बैठक तथा भ्रमण भत्ता पनि उनीहरुले पाउने छन् ।

    २२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad