BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ७ गते
    Headlines :

    यौन प्रकरणमा आरोपित तीन धर्मगुरुको राजिनामा स्वीकृत

    राससएएफपीजेठ २९, २०७५

    २९ जेठ, भेटिकन सिटी ।  क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले चर्च यौन प्रकरणमा आरोपित चिलीका तीन धर्मगुरूले पदबाट दिएको राजिनामालाई सोमबार स्वीकृत गरेका छन् ।
    विवादास्पद जुवान ब्यारोससहित अन्य दुई आरोपित धर्मगुरूको कार्यकाल चलिरहँदा उनीहरुमाथि चर्चमा भएका यौन गतिविधिमा दोषी भनी आरोप लागेपछि उनीहरुले नैतिकताका हिसाबले पदबाट राजिनामा दिएका हुन् ।
    उक्त प्रकरणमा चिलीका धर्मगुरूहरूको प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यले गत महिना पोप फ्रान्सिसलाई टक्राएको राजिनामाथि विभिन्न चरणमा भएका छलफलपछि उक्त निर्णय गरिएको पोपको कार्यालयले जनाइएको छ ।

    १११ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad