BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन २९ गते
    Headlines :
    Ad

    वार्ता लगत्तै ट्रम्प अमेरिका फर्कने

    राससएएफपी जेठ २९, २०७५

    २९ जेठ, सिंगापुर ।  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ता लगत्तै अमेरिका फर्किनुहुने भएका छन् ।
    अपेक्षा गरिएभन्दा चाडो उनी वार्ता भएकै दिन बेलुका स्वदेश फर्किन तयार भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले सोमबार जनाएको छ ।
    ट्रम्प र किमबीच मङ्गलबार सिंगापुरमा शिखर वार्ता हुन लागेकोमा वार्ता सकिने वित्तिकै ट्रम्प सोही बेलुका आठ बजे सिंगापुरबाट अमेरिका प्रस्थान गर्नेछन् ।
    उनीहरुबीच बिहान नौ बजे भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।
    सामूहिक भेटवार्तापछि उनीहरुको बीचमा एक्ला एक्लै भेटवार्ता हुने छ । एक्ला एक्लै भेटवार्तामा उनीहरुका बाहेक भाषा अनुवादक मात्रै सहभागी हुनेछन् । त्यसपछि विभिन्न दुई पक्षीय भेटवार्ता र खाना खानेलगायतका कार्यक्रमहरू तय भएका छन् ।

    ७० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad