BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    बेल्जियमका गुल्मेली संगठित

    सन्तोष न्यौपानेजेठ २९, २०७५

    गुल्मी जिल्लाबाट बेल्जियमा पुगेका गुल्मेलीहरु संगठित भएका छन् । विशेषत प्रवासमा रहेका गुल्मेलीलाई एकजुट गराउने र गुल्मी जिल्लामा सक्दो सहयोग गर्ने उद्देश्यले जुन १२ मा ब्रसेल्समा भेला भई उनीहरुले ‘गुल्मी समाज बेल्जियम’ गरेका छन् ।

    भेलाले समाजको अध्यक्षमा कुलबहादुर कार्कीलाई चयन गरेको छ भने उपाध्यक्षद्वयमा ईश्वर शर्मा र पार्वती शर्मा, सचिवमा गोविन्द सिंह अधिकारी, कोषाध्यक्षमा ऋषिराम खरेल र सदस्यमा दीपक थापा, निता थापा, पूर्ण अर्याल, निलकण्ठ काफ्ले, ज्ञानेन्द्रकुमार मल्ल, राजेन्द्र थापा, जयप्रकाश भुषाल, सीता भण्डारी, सुनिल टन्डन, गिता घिमिरे, राजकुमारी घर्ती, रश्मी केसी र पारश सापकोटा रहेका छन् ।

    त्यसैगरी भेलाले विनोद थापा, कमल पन्थी, केशव सापकोटा, रामु सापकोटा र ओम थापा रहेको संरक्षक समिति बनाएको छ भने रविन्द्रनाथ शर्मा, शुष्मा भुषाल, बलराम पुन, लिलाधर पन्थ र लोकनाथ शर्मा रहेको सल्लाहकार समिति समेत बनाएको छ ।

     

    ३०७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad