BizPati

  • Ad
  • आज : २०७५ आषाढ ६ गते
    Headlines :
    Ad

    गजल ६०

    रामप्रसाद अर्याल, रङ्गोन बर्मा जेठ २९, २०७५

    यसो उसो चिन्तन गर्नुपर्छ
    र भावना सुन्दर धर्नुपर्छ

    राखेर चासो जन चाहनाको
    सुधार्न सक्नेतिर पर्नुपर्छ

    गर्ने इरादा छ समाज सेवा
    भने तुरुन्तै अघि सर्नुपर्छ

    स्वराष्ट्रको पूर्ण विकास निम्ति
    प्रकाश चारैतिर छर्नुपर्छ

    कृपा रमाको छ भने तिमीमा
    गरीबका संकट हर्नुपर्छ

    रुखो सुखो जे जति मिल्छ खाई
    सुकर्मले सागर तर्नुपर्छ

    सन्तोषभन्दा धन छैन ठूलो
    मिठासले जीवन भर्नुपर्छ

    इति

    १९० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad