BizPati

  • Janata Bank

  • आज : २०७५ माघ ४ गते
    Headlines :

    मञ्जुश्री फाइनान्सको दशौं साधारणसभा असारमा

    संसार न्यूज संवाददाताजेठ २९, २०७५

     

    २९ जेठ, काठमाडौँ । मञ्जुश्री फाइनान्सको दशौं साधारणसभा आगामी असार २० गतेका लागि बोलाइएको छ । जेठ २५ मा बसेको सञ्चालक समितिको १५४ औँ बैठकले दशौँ वार्षिक साधारणसभाको मिति तय गरेको हो । असार २० गते काठमाडौंको थापागाउँस्थित थापागाउँ ब्यांकेटमा हुने साधारणबाट फाइनान्सको संचालक समितिले प्रस्ताव गरेको ५ दशमलव ७१ प्रतिशत बोनस शेयर पारित गरिने बैंकद्वारा जारी सूचनामा जनाइएको छ ।

    हाल बैंकको चुक्ता पुँजी ७६ करोड पाँच लाख ७ हजार ५ सय रहेको र बोनस शेयरपछि फाइनान्सको चुक्ता पूंजी ८० करोड ४० लाखमाथि पुग्ने भएकाले सोही अनुसार प्रबन्धपत्र संशोधनका साथै कुनै बैंक तथा वित्तिय संस्थासंग मर्जमा जाने अथवा मर्जमा ल्याउने विषयमा निर्णय लिने अख्तियारी साधारणसभाले संचालक समितिलाई दिने बताइएको छ । सो फाइनान्सले बुक क्लोजको मिति असार ४ गते तोकेको छ ।

     

    १०३ पटक
    प्रतिकृया दिनुहोस्