BizPati

  • Ad
  • आज : २०७५ आषाढ ६ गते
    Headlines :
    Ad

    सेनाले किन लत्यायो सरकारको निर्देशन ?

    संसार न्यूज संवाददाताजेठ ३०, २०७५

    ३० जेठ,काठमाडौं । राजधानीलाई तराईसँग जोड्ने द्रुतमार्ग निर्माण निकै विवाद र बहस पछि भारतीय कम्पनीलाई नदिइ नेपाली सेनाको जिम्मा लगाइयो । ‘अहिले सोहि मार्गको आधा अर्वको काम भारतीय कम्पनीलाई नै दिन नेपाली सेनाले प्रचलित ऐन र मापदण्डको ठाडो उल्लंघन गरेको छ । मुलुक भित्रका राष्ट्रिय ठेकेदारलाइे मात्र प्रतिश्पर्धा गर्न पाउने भनी आवरण पत्रमै लेखेर सार्वजनिक गरिएको बेलिब्रिजको ठेक्का सेनाले सार्वजनिक खरिद ऐनको प्रावधानलाई नै मिचेर भारतीय कम्पनीलाई दिएको हो । पहाड, खोला, र खोल्साखोल्सी समेत भएको भूगोलमा सडक निर्माण गर्दा बैकल्पिक मार्गको रुपमा प्रयोग परिने बेलिब्रिज टेण्डर आव्हान् गर्यो । टेण्डरको आवरण पृष्ठमै नेपाली प्रतिश्प्रर्धीले मात्रै भाग लिन पाउनेछन् भनेर । दि प्रोक्योरमेण्ट अफ बेलिब्रिज नाम दिइएको यस टेण्डरमा नेसनल कम्पिटिटिभ बिडिंग (एनबिसी) लेखिएको छ । यदि यो टेण्डर विदेशीका लागि समेत आव्हान गरिएको भए त्यसमा आइसिबी अर्थात् इन्टरनेशनल कम्पिटिटिभ बिडिंग लेखिएको हुन्थ्यो । स्वेदशी कम्पनीका लागि मात्र भनी सार्वजनिक गरिएको टेण्डरमा दुई नेपाली कम्पनीले भाग लिए । सेनाले नै बेलिब्रजको समान नेपाल ल्याउन र जडान समेत गर्न जम्मा ५४ करोड खर्च हुने लागत अनुमान गरेको थियो ।
    आजको जनआस्था साप्ताहिकबाट

    ५८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad