BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ५ गते
    Headlines :

    दूध उद्योगीहरुको बद्मासी, युरिया नुन समेत हालेको पाइयो

    संसार न्यूज संवाददाताजेठ ३०, २०७५

    ३० जेठ,काठमाडौं । खाने दूधमा कपडा धुने सोडा र साबुनमा प्रयोग गरिने रसायन समेत मिसाइने गरेको पाइएको छ । गर्मी याममा दूध फाट्नबाट जोगाउन दूध संकलन गर्ने सहकारीका ठेकेदारले यस्ता हानिकारक वस्तु मिसाउने गरेको पाइएको छ ।
    काठमाडौं उपत्यकाभित्र ३० दूग्ध प्रशोधन उद्योग छन् । यी मध्ये २५ डेरी उद्योगका ४२ ब्राण्डका दूध पाउचको नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रिय प्रयोगशालामा जाँचिएको थियो । ती मध्ये ४० वटामा स्वास्थ्यलाई हानि पु¥याउने वासिङ सोडा र साबुन बनाइने रसायन भेटिएको हो । नमुना जाँचका क्रममा ‘न्युट्रलाइजर’ का रुपमा सोडियम बाइकार्बोनेट, सोडियम हाइड्रो अक्साइट, (कास्टीक) र सोडियम कार्बोनेट गरी तीनवटै रसायन (क्षार) को मिसावट हुने गरेको देखिएको छ । ‘यी तीन रसायनमध्ये जे पनि प्रयोग भएका हुन सक्छन्,’ विभागका प्रवक्ता पूर्णचन्द्र वस्तिले भने ।
    दूधमा स्वास्थ्यलाइ हानि पु¥याउने अखाद्य वस्तु मिसावट हुने गरेको गुनासो आएपछि सोमबार राजधानीको ४ डेरीमा छापा मारिएको थियो । आजको कान्तिपुर दैनिकबाट

    १४२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad