BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ५ गते
    Headlines :

    पूर्वविशिष्ठहरुका लागि विलासी सुविधा दिन फेरि विधेयक मस्यौदा

    संसार न्यूज संवाददाताजेठ ३०, २०७५

    ३० जेठ,काठमाडौं । सरकारले पूर्वराष्ट्रपतिदेखि पूर्वसभामुख सम्मका विशिष्ठ पदाधिकारीलाई विलासी सुविधा दिन फेरि विधेयक मस्यौदा गरेको छ । विलासी सुविधा दिने व्यवस्थाको तीब्र विरोध भएपछि यसअघि संसद्बाट दुईपटक फिर्ता भएको र पछिल्लो संसद्बाट निश्क्रिय पारिएको बिधेयक सरकारले फेरि ल्याउन लागेको हो ।
    स्रोतका अनुसार गृहमन्त्रालयले तयार गरेको विधेयकको मस्यौदा कानुन र अर्थमन्त्रालयमा सहमतिका लागि पठाइसकिएको छ । दुवै मनलयले विधेयकमा लिखित सहमति दिने क्रममा छन् । अब चाँडै संसद्मा दर्ता प्रक्रियामा छ ,’ गृह श्रोतले भन्यो ।
    मस्यौदा अनुसार भाडाको घरमा बसे पूर्वराष्ट्रपतिलाई घरभाडा वापत मासिक २ लाख रुपैयाँ र आफ्नै घरमा बसे मर्मत खर्च वापत मासिक १ लाख दिने प्रस्ताव छ ।
    यसबाहेक राष्ट्रपतिलाई ५० हजार र उपराष्ट्रपतिलाई ४० हजार मासिक वृत्ति प्रस्ताव गरिएको छ । काठमाडौं उपत्यका र प्रदेश राजधानीमा घर नहुने अन्य पदाधिकारीलाई पनि मासिक ७४ हजार घरभाडा उपलब्ध गराउन लागिएको छ । घर हुने पदाधिकारीहरुलाई पनि मर्मत खर्च भन्दै मासिक ३७ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने मस्यौदामा छ ।
    राष्ट्रपति, उपराष्ट्रपति र अन्य पदाधिकारीले आवास, सवारी साधन, इन्धन र कर्मचारीको सुविधा समेत पाउनेछन् । पूर्वराष्ट्रपतिको निजी सचिवालयमा उपसचिव १ जना, चालक र सहयोगी एक–एक जना, अन्य पदाधिकारीलाई शाखाअधिकृत एकजना र सवारी चालक एकजना भर्ना गर्न थप सहुलियत पनि दिइने भएको छ । हरेक पूर्वपदाधिकारीलाई सरकारी एउटा सवारी साधन उपलब्ध गराउने छ । आफ्नै सवारी साधन मर्मतबापत २५ हजार रुपैयाँ प्रदान गर्ने गरी विधेयकको मस्यौदा तयार गरिएको छ । यी पदाधिकारीलाई मासिक २ सय लिटर पेट्रोल वा डिजेलको सुविधासमेत दिन लागिएको छ । त्यसबाहेक सुरक्षाकर्मी पनि उत्तिकै संखयामा परिचालित हुन्छन् । आजको कान्तिपुर दैनिकबाट

    २२६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad