BizPati

  • Ad
  • आज : २०७५ आषाढ ६ गते
    Headlines :
    Ad

    बैदेशिक रोजगार प्रतिवेदन, फ्री भिसामा जाने १५ प्रतिशत मात्रै

    संसार न्यूज संवाददाताजेठ ३०, २०७५

    ३० जेठ,काठमाडौं । सरकारले खाडीका ६ राष्ट्र र मलेसिया जाने कामदारका लागि न्यूनतम १० हजार रुपैयाँ तोके पनि कार्यान्वयनमा आएको छैन । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले न्यूनतम १० हजार भन्दा कम शुल्कमा विदेश जाने कामदार १५ प्रतिशत मात्रै रहेको देखाएको छ ।
    सरकारले २०७२ जेठ २६ गते मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन र ओमान जाने कामदारलाई निःशुल्क भिसा र टिकटको व्यवस्था लागू गरेको थियो । तर, यो नियम लागू भएपछि रोजगारीमा जाने कामदारको लागत घटेपनि पूणरुपमा फ्री भिसा र टिकट कार्यान्वयनमा आउन नसकेकाले बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
    निःशुल्क भिसा र टिकट लागू हुनुपुर्व प्रति कामदार औसत कूल लागत ८६ हजार रहेकामा लागू भएपछि ५१ हजारमा झरेको बैंकको प्रतिवेदनमा छ । आजको अन्नपूर्णपोस्ट दैनिकबाट

    ३९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad