BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    भारतीय पूर्व प्रधानमन्त्री बाजपेयी उपचारका लागि अस्पताल भर्ना

    राससएएनआईजेठ ३०, २०७५

    ३० जेठ, नयाँ दिल्ली, भारत ।  भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना गरी अहिले उपचार भइरहेको छ ।

    भारतीय नेताहरूले सोमबार अकस्मात विरामी भई उपचारार्थ अस्पताल भर्ना हुनुभएका वाजपेयीको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् ।

    ड्रविडा मसन्नेत्र काजागाम (डिएमके)का अध्यक्ष एम के स्टालिन तथा आन्द्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रवावु नाइडुले पूर्वप्रधानमन्त्री वाजपेयीको स्वास्थ्य अवस्थाप्रति मङ्गलबार चिन्ता व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्य लाभका लागि कामना गरेका छन् ।

    स्टालिनले वाजपेयीको स्वास्थ्यबारे पाएको सूचनाबाट आफू अत्यन्तै चिन्तित बनेको भन्दै उनको शीघ्र स्वास्थ्य लाभका लागि ट्वीटर सन्देशमा उल्लेख गरेका छन् ।

    स्टालिनले लेखेका छन् “पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी विरामी भई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस अस्पताल भर्ना भएको खबरले मलाई चिन्तित तुल्याएको छ । उहाँको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभका लागि कामना गर्दछु । मलाई विश्वास छ उहाँ छिट्टै स्वस्थ्य अवस्थामा घर फर्किनु हुनेछ ।”

    ९३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad