BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    तराईमा सर्पको विगविगी, दैनिक ७ जना सर्पको टोकाइबाट घाइते

    संसार न्यूज संवाददाताजेठ ३०, २०७५

    ३० जेठ, गौशाला । गर्मी बढेसँगै महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले टोकेको बिरामीको संख्या बढ्दै गएको छ ।

    महोत्तरी जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा राजीव झाका अनुसार यस अस्पतालमा अहिले दैनिक पाँचदेखि सात जनासम्म सर्पले टोकेका बिरामी उपचारका लागि आउने गर्दछन् ।

    जिल्लामा केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरमा समेत ती सर्पले सर्वसाधारणलाई टोक्ने गरेको बिरामीको भनाइ उद्धृत गर्दै डा झाले बताए ।

    डा झाले यस अस्पतालमा आउनेमध्ये बढी बिरामीलाई विषरहित सर्पले टोकेको तथा केही मात्रै विषालु सर्पले टोकेको बिरामी आउने गरेको बताए ।

    अहिले महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका विभिन्न गाउँठाउँमा सर्पको बिगबिगी बढेको छ ।

    जिल्लामा ढोरिया, हरहरालगायतका विषरहित तथा करेत र गोमनजस्ता विषालु सर्प देखा पर्ने गर्दछन् ।

    ११६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad