BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    भिक्टोरीया डे २०१८ मा रशमोरका नेपाली कम्यूनिटी प्रथम स्थानमा

    ओम थापा, काउचा, बेलायत जेठ ३०, २०७५

    अल्डरशट । ग्रेटर रशमोर नेपाली कम्युनिटीले ‘भिक्टोरिया डे’ भव्यताका साथ मनाएको छ ।
    रशमोर बरो काउन्सिल र ग्रेटर रशमोर नेपाली कम्युनिटीको साझेदारीमा मनाइने ‘भिक्टोरिया डे’ मा यो बर्ष परेडमा नेपाली समुदायबाट ३ सयले भाग लिएका थिए भने वाहिर ४ हजार भन्दा बढी नेपालीहरुको सहभागिता रहेको थियो ।
    यस ईलाकामा हुने यस प्रकारको बार्षिक कार्यक्रम अत्यन्तै महत्वका साथ लिईन्छ ।

    बिशेष त बेलायतको ‘होम अफ द बिट्रिस आर्मी’ भनेर चिनिने रशमोर रो यस अल्डरसट ईलाकालाइ मानिन्छ । साथै पूर्वगोर्खा सैनिक परिवार पनि पल्टनमा आफू बसेको ठाउ भनेर होला लगभग आवाशीय भिसा पाएर बेलायत आएका आधाजसोको संख्यामा यस ठाउँमा बसोबास गरेको हुँदा हालमा आएर ‘होम अफ ब्रिटिश’ भुपू गोर्खा भनेर पनि परिचित भएको पाइन्छ । त्यसैले गर्दा पनि राजकीय परिवारलाई नजिकबाट मान्ने चलन छ ।


    स्वर्गिय महारानी कुईन्स भिक्टोरिया जसले लामो समयसम्म बेलायतको शासन सम्हालेकी थिइन् । उनको शासनकालमा जनताको निम्ति उल्लेखनिय काम गरेको इतिहासलाइ सम्झदै उनको जन्मदिनको अवसरमा यहाँका जनसमुदायले हर्षोल्लासका विविभ कार्यक्रम गरी इतिहासमा उनले गरेको योगदानको स्मरण गर्दै ‘भिक्टोरिया डे’ मनाउने गरिन्छ ।

    सोहि अवसरमा रशमोरका अन्य स्थानीयबासीहरूका ४६ समुहमा नेपाली समुहले प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने बृट्रिसलिजन रशमोरले दोश्रो स्थान हासिल गर्न सफल भएको थियो ।

    स्थानीय नेपाली संघ संस्थाको सहभागिता तथा सहकार्यमा बिगतमा हरेक दुई बर्षमा मनाईने ‘भिक्टोरिया डे’, ग्रेटर रशमोरबासी नेपाली कम्युनिटीको अग्रसरतामा केहि वर्षदेखि हरेक वर्ष भिक्टोरिया डे मनाउन शुरु गरिएको हो ।


    कार्यक्रममा विभिन्न धर्म, जाती एवं संस्कार र संस्कृति झल्कने पहिरन सहित करिब तीनसय भन्दा बढी परेडमा र हजारौंको संख्यामा बाहिर स्वागतको लागि नेपाली समूदायको तर्फबाट सहभागिता रहेको थियो ।

    स्थानीय समूदाय र नेपाली समुदायबीचको दुरीलाई नजिक ल्याउन उक्त कार्यक्रममा प्रथम नौमती बाजा गुल्मी युके समुह, बिसीसीयूके, शिब कल्चर एण्ड कम्युनिटी सेन्टर, साइ सेन्टर फान्ब्रो, लम्जुङ्ग सेवा समाज, किराँत राई यायोख्खा युके, मगर संघ यूके, किराँत याक्थुङ्ग चुमलुङ्ग युके, क्षेत्री समाज यूके, गेसो, मदत समूह, तमुधी यूके, तमु पेलु संघ, गोर्खा आमा समुह लगायतका संस्थाहरुको उल्लेख्य सहभागिता रहेको पनि बरिष्ठ उपाध्यक्ष रामधन राईले जानकारी दिएका छन् ।

    सोहि अवसरमा गोर्खा आमा समुहले तीनवटा सामुहिक नृत्य प्रस्तुत गरेका थिए भने, प्रथम नौमती बाजा गुल्मी युके समुहको प्रस्तुतिले कार्यक्रममा विशेष रौनकता ल्याएको थियो ।


    कार्यक्रमलाई सफल बनाउन कार्यसमिति, सल्लाहकारहरु, समस्त संघ संस्था, पत्रकारहरुको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको उक्त कार्यक्रममा निबर्तमान अध्यक्ष ओम थापा काउचा, परेड संयोजक बिर बलाल र कोषाध्यक्ष टोप पल्लीको बिशेष भूमिका रहेको थियो ।

    बिहान ११.०० देखि शुरु भई दिनभर जसो चलेको उक्त कार्यक्रमको मार्चपास पश्चात, अध्यक्ष जीव बेलबासेले समस्त सहभागी संघ संस्था, पत्रकार, समाजसेबी, पेशाकर्मी लगायत समस्त कार्यसमिति एवं सल्लाहाकारहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।


    स्मरण रहोस् जब बेलायतमा प्रथम नौमती बाजा गुल्मी युके स्थापनादेखी ग्रेटर रशमोर नेपाली कम्युनिटीसँग साझेदारी गर्दै हरेक बर्ष यसरी नै भाग लिदै आएको छ । सदाका वर्षहरुमा दोस्रो, तेस्रो स्थान हासिल गर्ने कम्युनिटीले यसबर्ष भने प्रथम हुन सफल भएको हो ।

    उक्त समारोहमा काउन्सिल लिडर डेबेट क्लिफÞर्ड र मेयर काउन्सिलर स्टिबमास्टेनसबाट ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष जिव बेलवासे हातमा प्रथम प्राइज प्रदान गरीएको थियो ।

    ३८१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad