BizPati

  • Ad
  • आज : २०७५ आषाढ ६ गते
    Headlines :
    Ad

    सांसद योगेश भट्टराईद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण

    संसार न्यूज संवाददाताजेठ ३०, २०७५

    ३० जेठ, काठमाडौं । सासंद योगेश भट्टराईले नेपाली अलैचीका सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
    विहिबार प्रतिनिधिसभामा सम्बोधन गर्दै सांसद भट्टराईले देशभरीमा सबैभन्दा बढी अलैची उत्पादन र निर्यात गर्ने जिल्ला ताप्लेजुङ भएकोले ताप्लेजुङ्गलाई अलैचीको सुपर जोन घोषणा गर्न समेत माग गरेका छन् ।
    सांसद् भट्टराईले ताप्लेजुङ लगायत ४७ जिल्लामा अलैचीको व्यवसायीक खेती हुने गरेको बताउँदै कूल उत्पादनको ५० प्रतिशतभन्दा बढी उत्पादन एउटै ताप्लेजुङ जिल्लामा हुने गरेको दावी गरे ।
    नेपालबाट सवैभन्दा बढी निर्यात हुने बस्तु अलैची रहेको र दक्षिण एसियामा यसको मूख्य बजार बंगलादेश भएकाले नेपाल सरकारले अलैचीलाई बंगलादेशको बजारमा सोझै पु¥याउने प्रबन्ध गर्नुपर्ने उनको माग थियो ।
    उनले अलैचीको अर्को विशाल बजार रहेकोले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका अबसरमा अलैची निर्यातलाई मूख्य एजेण्डा बनाउन भन्दै सरकारको ध्यानाकर्षण गराए ।
    भट्टराईले नेपालबाट बंगलादेशमा जाने १०८ बटा बस्तुमा भन्सार छुट रहेको सन्दर्भमा अलैचीमा समेत यो व्यवस्था लागु गरेमा अलैची उत्पादनकर्ता किसान लाभान्वित हुनुका साथै अलैचीले नेपालको बैदेशिक व्यापार घाटा सन्तुलन गर्न ठूलो योगदान पु¥याउने निश्चित रहेको समेत बताए ।

    यी हुन् सांसद भट्टराईले अलैची सम्बन्धमा संसद्मा राखेका १२ बुँदा
    १–ताप्लेजुङ लगायत हाल ४७ जिल्लामा अलैचीको व्यवसायीक खेती हुने गरेको छ । कूल उत्पादनको ५० प्रतिशतभन्दा बढी उत्पादन एउटै ताप्लेजुङ जिल्लामा हुने गरेको छ ।

    २–१४,८७५ हेक्टर जमीनबाट देशभरी ५५ सय मेट्रिकटन अलैची उत्पादन हुन्छ । यो तथ्याङ्क अघिल्लो सालको भन्दा ५०० बढेर ६ हजार मेट्रीटन पुग्ने अनुमान गरीएको छ । जब कि, २००७ मा झण्डै १० हजार मेट्रिकटनसम्म अलैची उत्पादन भएको थियो । सही नीतिको अभावका कारण यसको उत्पादनमा ठूलो मात्रमा ह्रास आएको छ ।

    ३–उत्पादन मध्ये करिव १ प्रतिशत मात्र देशभित्र खपत हुन्छ भने बाँकी ९९ प्रतिशत विदेश निकासी हुने गरेको छ । आजको बजर मुल्यमा झण्डै १० अर्व बराबरको अलैची विदेशी बजारमा निकासी हुने गरेको छ ।

    ४- नेपालमा हाल अलैची खेतीमा १ लाख परिवार आवद्ध रहेका छन् । यसबाट पुर्णकालिन र आंशिक गरेर लाखौँ मानिसहरु रोजगार भएका छन् ।

    ५-२०७०\७१ मा अलैची प्रति मन १ लाख २० हजार पुगेकोमा हाल मूल्य घटेर ३० हजारको हाराहारीमा रहेको छ ।

    ६-अहिलेसम्म अलैचीको निकासी मुलत ः भारतीय बजारमा मात्र छ भने चीन लगायत अन्य मुलुकमा समान्य रुपमा निकासी भएको अवस्था छ ।

    ७- भारतीय बजारमा पुगेको अलैचीमध्ये ५० प्रतिशत भारतीय बजारमा उपयोग हुन्छ भने बाँकी ५० प्रतिशत त्यही अलैची भारतीय व्यापारी मार्फत बंगलादेश, पाकिस्तान र खाडी मूलुकमा निकासी हुने गरेको छ । यसबाट भारतीय व्यापारीहरुले अत्यधिक फाइदा लिइरहेका छन् ।

    ८-भारत र भुटान हुँदै ठूलोमात्रामा अलैची बंगलादेश जाने गरेको छ । त्यहाँवाट जाने अलैचीमा भन्सार छुट हुने गरेको छ ।

    ९-नेपालबाट सवैभन्दा बढी निर्यात हुने बस्तु अलैची भएकाले र दक्षीण एसियामा यसको मूख्य बजार बंगलादेश भएकाले नेपाल सरकारले अलैचीलाई बंगलादेशको बजारमा सोझै पु¥याउने प्रबन्ध गर्नु पर्दछ । नेपालबाट बंगलादेशमा जाने १०८ बटा बस्तुमा भन्सार छुट रहेको सन्दर्भमा अलैचीमा समेत यो व्यवस्था लागु गरेमा नेपालीले फाईदा पाउने छन् ।

    १०-अलैचीको अर्को ठूलो बजार खाडी मूलुक हुन । नेपाली अलैचीलाई सिधैं खाडी मुलुकसम्म पु¥याउन सरकारले उचित प्रबन्ध गर्नुपर्दछ ।

    ११- चीन अलैचीको अर्को विशाल बजार हो । तसर्थ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका अबसरमा अलैची निर्यातलाई मूख्य एजेण्डा बनाउन सरकारको गम्भीर ध्यानकर्षण गर्दछु ।

    १२-अलैची उत्पादनलाई विशेष प्रोत्साहन गर्न कृषकहरुलाई प्राविधिक, वित्तिय लगायत अन्य आवश्यक क्षेत्रमा सहयोग गर्ने, विशाल भण्डारण केन्द्र निर्माण गर्ने, प्रशोधन केन्द्र निर्माण गर्ने साथै बजारको शुनिश्चितता गर्ने हो भने अलैचीले नेपालको बैदेशिक व्यापार घाटा सन्तुलन गर्न ठूलो योगदान पु¥याउने निश्चित छ । अलैची विकास वोर्ड गठन गरी दिर्घकालीन योजनाका साथ काम गर्न सम्माननीय सभामुखमार्फत म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु । साथै सबैभन्दा बढी अलैची उत्पादन र निर्यात गर्ने ताप्लेजुङ्ग जिल्लालाई अलैचीको सुपर जोन घोषणा गर्न समेत माग गर्दछु ।

    १९९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad