BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    उद्योग बाणिज्य संघ मोरङमा भीम घिमिरे

    राससजेठ ३०, २०७५

    ३० जेठ, विराटनगर । उद्योग बाणिज्य संघ मोरङको ४६ औँ वार्षिक साधारणसभाले भीम घिमिरेको अध्यक्षतामा १३ सदस्यीय कार्यकारिणी समिति सर्वसम्मत चयन गरेको छ ।

    समितिको वरिष्ठ उपाध्यक्षमा सुयष प्याकुरेल, कोष उपाध्यक्षमा प्रदीप मुरारका, कृषि, जलस्रोत र ऊर्जा उपाध्यक्षमा राजकुमार गोल्छा तथा रोजगारदाता उपाध्यक्षमा राकेश सुरानालाई चयन गरिएको छ ।

    यस्तै, कार्यकारिणी समिति सदस्यहरुमा सञ्जयकुमार अग्रवाल, सुवोध कोइराला, भोलेश्वर दुलाल, तारानाथ निरौला, सुनिलकुमार धनावत, नारायणप्रसाद मुन्दडा, विपिन कावरा र विनोद पौडेल रहेका छन् ।

    ४८७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad