BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    बाजेको सेकुवामा छापा, ६ वटा रेष्टुरेण्टमा सिलबन्दी

    संसार न्यूज संवाददाताजेठ ३०, २०७५

    ३० जेठ, काठमाडौँ । सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले काठमाडौँका विभिन्न ठाउँमा सञ्चालित बाजेको सेकुवा रेष्टुराँ छापा मारेको छ ।

    समितिले सुन तस्करीमा संलग्न रहेका चेतन भण्डारीले सञ्चालन गरेको अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तीसपुतली, कमलपोखरी र गैरीधारास्थित सेकुवा रेष्टुराँमा छापा मारेको हो ।

    जिल्ला अदालत मोरङको अनुमति प्राप्त गरी रेष्टुराँको कारोबार रोक्का र होटल बन्द गराई शिलबन्दी गरिएको समितिले जनाएको छ । सुन तस्करीपछि फरार रहेका भण्डारीलाई यसै प्रकरणमा जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिएको थियो ।

    समितिका अनुसार बाजेको सेकुवा नाममा हाल १० रेष्टुराँ सञ्चालनमा रहेका छन् जसमध्ये पाँच वटा भण्डारी र एउटा उनको सालोको नाममा रहेका छन् ।

    २०८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad