BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    कृषि आयमा कर लगाउने प्रस्तावको विरोध

    संसार न्यूज संवाददाताजेठ ३१, २०७५

    फाइल फोटो

    ३१ जेठ, हेटौडा । कृषि आयमा कर लगाउने व्यवस्थासहितको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक को प्रदेश बैठकमा विरोध भएको छ ।
    बुधबार प्रदेशसभा बैठकमा प्रस्तुत विधेयकमा सैद्धान्तिक छलफलमा सहभागी सदस्यले कृषि आयामा कर लगाउन ‘न्यायोचित नहुने’ धारणा राखे । कांग्रेस सांसद प्रभात तामाङले उक्त व्यवस्थाले मूल्य आकासिने र गरिब किसानका लागि न्यायोचित नहुने धारणा राखे । ‘ किसानका उत्पादनमा कर लगाउने कुरा ठिक होइन,’ उनले भने, ‘त्यसले एकातिर मूल्यबृद्धि हुन्छ भने गरिब किसानमाथि अन्याय हुन्छ ।’ संसद सीता अधिकारीले कृषि आयमा कर लगाउन नहुने भन्दै बरु कृषि औजार र उपकरणमा छुट हुनुपर्ने धारणा राखिन् । ‘दफा १३ ले कृषि आयमा कर लगाउने कुरा गरेको छ, त्यो हुनुहुँदैन्’ उनले भनिन्, ‘कृषि औजार र उपकरणमा छुट र महिलाले संञ्चालन गरेका उद्योगलाई करमा छुट हुनुपर्दछ ।’ आजको कान्तिपुर दैनिकबाट

    १६० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad