BizPati

  • Ad
  • आज : २०७५ आषाढ ९ गते
    Headlines :
    Ad

    छोउगोठमा सर्पले टोकेर मृत्यु भएकी पार्वतीको शब झिकियो

    संसार न्यूज संवाददाताजेठ ३१, २०७५

    ३१ जेठ, अछाम । महिनावारी बार्न छाउगोठमा सुत्दा सर्पले डसेर ज्यान गुमाएकी पार्वती बुढाको शब प्रहरीले बुधबार मंगलसेन ल्याएको छ । घटना लुकाउन हतार हतार गाडिको शब प्रहरीले उत्खनन गरेको हो ।
    पोस्टमार्टम नै नगरी शब गाडिएकाले अनुसन्धानका लागि उत्खनन् गरिएको जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक राकेश तण्डुकारले बताए ।
    ‘प्राकृतिक मृत्यु बाहेक घटनामा अनिवार्य पोस्टमार्टम गर्नुपर्ने कानुनी व्यवस्था छ’ उनले भने, ‘त्यसैले उत्खनन गर्नुपरेको हो ।’ घटनाबारे समाचार बाहिर आएपछि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई अनुसन्धानका लागि दबाब दिएको बुझिएको छ । केन्द्रकै निर्देशनमा जिल्लाले टोली घटनास्थल पठाएको प्रहरी श्रोतले जनाएको छ ।
    सदरमुकाम मंगलसेनबाट ८२ किमि टाढा तुर्माखाद गाउापलिका ४ जुया गाउँकी १८ वर्षीया पार्वतीलाई शनिबार सर्पले डसेको थियो । तुर्माखादबाट शब मंगलसेन पु¥याउनुपर्ने भएकाले बिहिबारमात्र पोस्टर्माटम गरिने प्रहरीले जनाएको छ ।
    छाउगोठमा मृत्यु भएको खबरले गाउँको बेइज्जत हुने र प्रहरीले दुःख दिने भन्दै स्थानीयबासी, जनप्रतिनिधि, र स्वयमसेवी लगायतले घटना गुपचुप राख्ने सल्लाह गरेका थिए । त्यसै अनुसार आफन्तले पोस्टमार्टम नगरी शब गाडेको थियो । आजको कान्तिपुर दैनिकबाट

    ३८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad