BizPati

  • Ad
  • आज : २०७५ आषाढ ९ गते
    Headlines :
    Ad

    गर्मीले ८० हजार माछा मरेपछि मुर्छा परे यादव

    संसार न्यूज संवाददाताजेठ ३१, २०७५

    ३१ जेठ, तौलिहवा । गर्मीका कारण बिक्रि गर्न तयार पारिएका माछा मरेपछि कपिलवस्तुका किसान निरास भएका छन् । केही दिनयता बढेको गर्मीले पोखरीको माछा मरेपछि कपिलवस्तु मदन यादव मुर्छानै परे । दुई दिनपछि विक्रि गर्न भन्दै उनले व्यापारीलाई खबर समेत गरेका थिए । तर, २८ गते गर्मीले पोखरीमा रहेका ९६ प्रतिशत (८० हजार) माछा मरेका थिए । २७ र २८ गते जिल्लाको तापक्रम ४४ डिग्रीसम्म पुगेको जल तथा मौसम मापन विज्ञान कपिलवस्तु इकाइ रामनगरका रामु रेग्मीले बताए ।
    यादवले ४४ कठ्ठा जग्गामा व्यवसायीक माछा पालन गरेका थिए । माछा मर्दा ५० लाख नोक्सान भएको पनि उनले बताएका छन् । लाखौ माछा मरेपछि यादवले जनप्रतिनिधिसँग सहयोग मागेका थिए । पोखरी अवलोकन गर्न पुगेका जनप्रतिनिधिले केही राहत रकम दिने आश्वासन दिएका छन् भने नगरका उपमेयर चक्रपाणि अर्यालले यादवलाई सहयोगका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्ने बताएका छन् । आजको अन्नपूर्ण दैनिकबाट

    ४२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad