BizPati

  • Ad
  • आज : २०७५ आषाढ ९ गते
    Headlines :
    Ad

    तालिमका नाममा ६४ करोड लिएर संसद् पस्यो युएनडिपी

    संसार न्यूज संवाददाताजेठ ३१, २०७५

    ३१ जेठ, काठमाडौं । देशको नीति निमार्ण गर्ने थलो संसदमा दाताको प्रभाव निरुत्साहित गर्नुपर्ने आवाज उठिरहेका बेला संसद् सचिवालयले सांसदहरुको शसक्तिकरणका लागि भन्दै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ( युएनडिपी) बाट झण्डै ६४ करोड रुपैयाँ सहयोग लिने सम्झौता गरेको छ ।
    संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र युएनडिपीका प्रतिनिधि रेनउड मेएरबीच ५९ लाख १५ हजार २ सय ५७ अमेरिकी डलर (६३ करोड ८८ लाख ४७ हजार नेपाली रुपैयाँ) सहयोगको सम्झौता भएको हो । १० बैशाखमा भएको उक्त सम्झौताबारे अधिकांश सांसद मात्र होइन, राष्ट्रियसभाका गणेश प्रसाद तिमल्सिना समेत अनविज्ञ छन् । ‘हामी ( सभामुख र अध्यक्ष) आइसकेपछि युएनडिपीसँग सम्झौता भएको छैन ।’ अध्यक्ष तिमल्सिनाले भने ।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा राप्रपा सांसद राजेन्द्र लिङदेनले विशेष समय लिदैं युएनडिपीको सहयोग सम्झैता बारे बोले । यनले युएनडिपीको करोडौ लिने सहमति गर्दा पनि जानकारी नभएको भन्दै विरोध गरेका थिए ।
    यसै विषयमा युएनडिपीको नेपाल कार्यालयका सूचना अधिकारी कमल सिग्देलले १० वर्षदेखि नै सरकारको आवस्यकता अनुसार सहयोग गर्दै आएको बताए । आजको नयाँपत्रिका दैनिकबाट

    ३८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad