BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    ट्राफिक नियम उल्लंघन गरेर फेरि चर्चामा आए पूर्वयुवराज पारस

    संसार न्यूज संवाददाताजेठ ३१, २०७५

    ३१ जेठ, काठमाडौं । विभिन्न समयमा विभिन्न समयमा चर्चामा आइरहने पूर्वयुवराज पारस लामो समयपछि फेरि चर्चामा आएका छन् । त्यो पनि ट्राफिकको फन्दामा परेर । सोमबार फिल्मीशैलीमा अनियन्त्रित रुपमा गाडी हाकेका उनी ट्राफिक प्रहरीको फन्दामा परेका हुन् ।
    जावलाखेलबाट पुल्चोकतिर हानिएका पारसले ट्राफिक प्रहरीको कुरा समेत सुनेनन् । बा १४ प २१३१ नम्बरको गाडी चलाएर हुइकिएका उनलाई जावलाखेल प्रहरीले नियन्त्रणमा लिन नसकेपछि हरिहरभवन प्रहरीलाई खबर गर्यो । हरिहरभवनको ट्राफिक प्रहरीले रोक्न खोज्यो त्यहाँ पनि उनले झन गेयर बढाएर हेरेको हे¥यै पारिदिए । त्यसपछि कुपण्डोल र थापाथली प्रहरीलाइ अनियन्त्रित गाडी रोक्नुपर्ने भनेर आदेश आयो । त्यहाँ पनि ट्राफिक प्रहरीले उनलाई रोक्न सकेनन् । गाडी थापाथलीमा पुगेपछि थापाथली प्रहरीले उनलाई रोक्न नयाँ जुक्ति निकाल्यो । गाडी थापाथली नपुग्दै अगाडि नै चारपाँचवटा अगाडिका गाडि रोकिदियो । अव पारसको गाडी हुइकन सकेन । थापाथलीका तीन ट्राफिक उनको गाडी छेउमा पुगे । उनले ‘ह्वाट ह्यापण्ड ?’ भनेर गाडीको सिसा खोले । ट्राफिकले उनको कागजपत्र र लाइसेन्स मागे । ट्राफिकले गाडीको नम्बर देखिदैंन भनेपछि उनी गाडीबाट झरेर कपडाले माटो सफा गरे । चालक गाडीबाट बाहिर देखेर त्यहाँ रहेका मोटर साइकलमा रहेका यात्रु सबै चिच्याए ‘ पारश साह’ । प्रहरीले उनको डकुमेन्ट लगेपछि फिर्ता मागे । प्रहरीले अहिले हुँदैन् भनेपछि उनी आक्रोशित हुँदै ‘तैले मलाई चिन्नुपर्छ ।’ भन्दै उनी लाइसेन्स ब्लुबुक त्यहि छोडेर हिडे । पछि उनका अंगरक्षक थापाथली ट्राफिक प्रहरीकोमा आएर जरिवाना तिरेर लाइसेन्स लगायतका डकुमेन्ट लगेका थिए । आजको नयाँपत्रिका दैनिकबाट

    ६६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad