BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    बुद्धिजीवीहरुको एकता : नाममा सहमति

    संसार न्यूज संवाददाताजेठ ३१, २०७५

    ३१ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महत्वपूर्ण जनवर्गिय संगठन मानिने बुद्धिजीवी संगठनले एकता प्रक्रियालाई सघन बनाएको छ ।
    डा. दिनेश चन्द्र देवकोटाले नेतृत्व गरेको तत्कालिन नेपाल बुद्धिजीवी परिषद् र नरेश भण्डारीले नेतृत्व गरेको नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको एकताका लागि नेताहरु दिनानाथ शर्मा र टंक कार्की सहित दुवै संगठनका अध्यक्ष रहेको ४ सदस्यीय कार्यदलले एकता प्रक्रिया अगाडि बढाएको हो ।
    संगठनात्मक व्यवस्थापन सहित नीतिगत निर्णयका लागि सो कार्यदलले तत्कालिन बुद्धिजीवी परिषद्बाट डा दिनेश चन्द्र देवकोटा, लक्ष्मण कुँवर, डा सर्वराज खड्का, शिव शंकर घिमीरे, कुल बहादुर खड्का सहित ६ जना र तत्कालिन नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनबाट नन्द कुमार थापा, कृष्णराज केसी, नीलकण्ठ तिवारी र भीमसेन कुमार गौतम रहेको १० सदस्यीय उपकार्यदल समेत निर्माण गरेको छ ।
    सो उपकार्यदलको निर्णय अनुसार लक्ष्मण कुँवर, राम बहादुर थापा, सीताराम घले परियार, डा.सर्वराज खड्का, लक्ष्मि पंडित, रामबाबु अधिकारी, गुणराज गौतम र गिरिधर मिश्र रहेको अन्तरिम विधान मस्यौदा समिति निर्माण गरेको जनाइएको छ ।
    यसैबीच बसेको आन्तरिक विधान मस्यौदा समितिको बैठकले संगठनको नाम नेपाल बुद्धिजीवी संगठन राख्न, केन्द्र, प्रदेश, जिल्ला, संघीय निर्वाचन क्षेत्रिय कमिटी, प्रदेशसभा निर्वाचन क्षेत्रिय कमिटी र स्थानीय तह गरी ६ तहको सांगठनिक संरचना प्रस्तावित गरी उपकार्यदलमा पठाउने निर्णय गरेको जनाइएको छ । साथै सोहि बैठकले महानगर कमिटीहरुलाई जिल्ला कमिटी सरहको मान्यतामा राख्ने प्रस्ताव समेत गरेको उपकार्यदलका सदस्य कृष्ण केसीले जनाएका छन् ।

    २५३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad